न्यूज टुडे
राजविराज,१२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर देश बनाउन निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैं सहभागी हुन आग्रह गरेककी छिन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँग शुक्रवार भेट गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरेकी छिन् । अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताइन् ।
सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ गतेको निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।