न्यूज टुडे
राजविराज,११ मंसिर ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा चोरी मुद्दाका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ५ का सितल मण्डल र सोही स्थानका रावन कुमार साहलाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
नकावबनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि मण्डललाई २ महिना ८ दिन कैद तथा ५ हजार जरिवाना र साहलाई २ महिना ८ दिन कैद सजाय तोकेपछि दुबैजना फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरि विहिबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।