• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमतले मनायो रंगभेद विरुद्ध एकता दिवस : राजविराजमा प्रदर्शन

जनमतले मनायो रंगभेद विरुद्ध एकता दिवस : राजविराजमा प्रदर्शन
न्यूज टुडे
राजविराज,१० मंसिर । 
जनमत पार्टीद्वारा राजविराजमा बुधबार रंगभेद विरुद्ध एकता दिवसको अवसर बृहत प्रदर्शन गरेको छ ।  जनमत पार्टी सप्तरीको नेतृत्वमा रंगभेद विरुद्ध चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेको हो । 
जनमत पार्टीको जिल्ला कार्यालयबाट विभिन्न नारा उल्लेख गरिएको प्लेकार्डसहित चर्को नारा लगाउँदै निकालिएको र्‍याली राजविराज नगरपालिकाको मुख्य सडक परिक्रमा गरि दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
‘मधेस प्रदेशलाई स्वयत्त प्रदेश घोषणा गर,रंगभेद आक्रमण अन्त्य गर,रंगभेद गर्न पाइदैन,धोती भैया भनेर हेप्न पाइदैन,नश्लवादी राज्य चाहिदैन, जनमत पार्टी जिन्दावाद, डा. सिके राउत जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाइदैन, मधेसी एकता जिन्दावाद’ लगायतको चर्को नारा लगाउँदै झाँकीसहित विरोध प्रदर्शन गरिएको थियो । 
जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दैन राष्ट्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.जयकान्त राउत, केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलगायतले सम्बोधन गर्दै रंगको आधार अझै भेदभाव कायम रहेको भन्दै आक्रोश पोखे ।  उनीहरूले जाति र रंगको आधारमा हुने कुनैपनि प्रकारको विभेद सहय नहुने बताउँदै यस्तो गतिविधि अन्त्य नभएसम्म दवावमुलक कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिए । 
जनमत पार्टीले विगत केही बर्षदेखि  विभिन्न कार्यक्रम गरी बार्षिक रुपमा निरन्तर रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ  ।