न्यूज टुडे
राजविराज, ०९ मंसिर ।
सप्तरीमा भ्रष्टाचार मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेको छ । सप्तरीको रुपनी गाउँपालिका १ का रामबाबु यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भइ वारदात पश्चात् यादव फरार रहेका थिए । उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ ।
पक्राउ परेका यादवलाई मंगलबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।