सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरुले आफू खुशी सुविधा लिने गरेको खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृतको ठाडो आदेशमा कर्मचारीहरुले मोबाइल फोन देखि घरभाडासम्मको सुविधा लिएको पाइएको हो ।
आन्तरिक लेखापरीक्षण अधिकृत कटवाल र प्रशासन प्रमुख पोखरेल । फोटो : न्यूज टुडे
सरकारी बजेट दुरुपयोग गरी यसरी सुविधा लिनेहरुमा आन्तरिक लेखा परिक्षण अधिकृत झनक बहादुर कटवाल, प्रशासन शाखा प्रमुख प्रधुम्न पोखरेल, जिन्सी शाखा प्रमुख मो. तमन्ना, सवारी चालक हरि भगत र वडा नम्बर ९ को कार्यालय रहेका छन् ।
आन्तरिक लेखा अधिकृत कटवालले रेलमी कम्पनीको १२ प्रो १२/२५६ जीवी, प्रशासन प्रमुख पोखरेलले होनोर कम्पनी एक्स ९ बी /१२/२५६ जीवी, जेन्सी प्रमुख तमन्नाले सामसुङ कम्पनीको एसएम-ए५५६ई ८/२५६ र सवारी चालक भगतले रेलमी कम्पनीको सी६ ६ /२ जीवी र वडा नम्बर ९ को कार्यालयले भिभो कम्पनीको वाई२० ४ जीवी राम ६४ जिवी रोम मोबाइल लिएको नगरपालिका श्रोतबाट खुलेको छ ।
जीन्सी शाखा प्रमुख मो. तमन्ना । फोटो : न्यूज टुडे
श्रोतका अनुसार आन्तरिक लेखा परिक्षण अधिकृत कटवाल, प्रशासन प्रमुख पोखरेललगायतकाले नगरपालिकाबाट आफ्नो घरभाडा समेत भुक्तानी गर्दै आएका छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य कर्मचारीलाई क्वाटर र मोबाइल सुविधा दिन नमिल्ने भएपनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनय सोनुको ठाडो आदेशमा सरकारी रकमको दुरुपयोग गरिएको पाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत, प्रशासन प्रमुख र अन्तरिक लेखा परिक्षण अधिकृतको मिलोमतोमा शम्भुनाथ नगरपालिकामा मनपर्दी बजेट खर्च गरेको पुष्टि भएको छ । उनीहरुको मिलोमतोमा बर्षोदेखी आर्थिक अनियमितता भएको आशंका स्थानीयले गरेका छन् ।
शम्भुनाथ नगरपालिकाकी कार्यबाहक प्रमुख अनिता कुमारी चौधरीले हाकिम बाहेक कर्मचारीलाई मोबाइल तथा क्वाटर सुविधा दिने निर्णय नभएको बताइन् । उनले मोबाइल खरिद बारे आफुलाई कुनै जानकारी नभएको बताइन् ।
सरकारी पैसा कर्मचारीले दुरुपयोग गरि रजगज गर्दा समेत नियमकारी निकाय भने बेखबर जस्तै छन् भने स्थानीय जनप्रतिनिधि मुखदर्शक देखिएको स्थानीयको गुनासो छ ।