• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘प्रश्न उठाउन शुरु गर्नु भयो भने बुझ्नुपर्छ निषेधको डण्डा कडा रूपमा खान तैयार हुनुपर्छ”

‘प्रश्न उठाउन शुरु गर्नु भयो भने बुझ्नुपर्छ निषेधको डण्डा कडा रूपमा खान तैयार हुनुपर्छ”
न्यूज टुडे
राजविराज, ०८ मंसिर ।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले फरक विचार तथा परिबर्तनको कुरा उठाउनेमाथि नेपालमा निषेधको डण्डा चल्ने संस्कृतिको कडा शब्दमा आपत्ति व्यक्त गरेका छन् । आफ्नो निजी फेसबुक आइडिमा सोमबार नेपाली राजनिती बारे धारणा सार्वजनिक गर्दै प्रश्न उठाउन शुरु गर्नु भयो भने बुझ्नुपर्छ निशेधको डण्डा कडा रूपमा खान तैयार हुनुपर्ने टिप्पणी गरेका हुन् ।
उनले विकशित देशहरूको उदाहरण दिदै यसबाट लोकतान्त्रिक परिपक्वताको गहिरो शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।
 “भर्खरै निर्वाचित न्युयोर्क शहरका मेयर जोहरान ममदानीले सार्वजनिक रूपमा अमेरिकी राष्ट्रपति ट्रम्प लाई  फासिष्ट भनेका थिए”उनले उल्लेख गरेका छन्  ‘निर्वाचित भइसकेपछी राष्ट्रपति ट्रम्प सङ्गको भेटमा त्यहीँ विषयलाई लिएर एक जना पत्रकारले सोधेको प्रश्नमा ट्रम्प हो भन भनेर गरेको आग्रह र ममदानीले आफ्नो विचारमा ट्रम्प फासिस्ट नै रहेको पुनः व्यक्त गरेको बिचारले स्वतन्त्रता ,सहिष्णुता र लोकतान्त्रिक परिपक्वता को गहिरो शिक्षा दिन्छ’ उनले थपेको छन् ।’साथै हामीले भन्दै आएको साम्राज्यवादको नाइके जतिसुकै क्रूर भएपनी आलोचना लाई सहज ढंगले स्वीकारेको कुराले दिएको संदेशबाट केही सिक्न सक्छौं कि? 
 उनले देशमा कार्यकारी पदमा आमूल परिबर्तनले मात्र देशमा विकास, सुशासन र समृद्धिको बाटो फराकिलो हुने उल्लेख गरेका छन् । 
‘अमेरिकी राष्ट्रपतिमा बाराक ओवामा गोरा इतर बाट निर्वाचित भएका थिए ।भलै बाकी बिश्वलाई हेर्ने दृष्टिकोणमा खासै फरक आएन।’ उनले उल्लेख गरेका छन् ।
 ‘तर के नेपालमा कुनै मधेसी ,थारू ,दलित , आदिवासी जनजाती अर्थात पहाडी मुलको  बाहुन / क्षेत्री बाहेकलाई प्रधानमन्त्रीको रूपमा ठुला भनिएका दलहरुले अगाडि सार्न सकेको छ त? गम्भीर  प्रश्न उठाउँदै उनले भनेका छन्  “किन  नेतृत्वमा त्यस्तो स्तरमा बिकास गर्न सकिएन भनेर कहिले छलफल चलाएको छ? कहिले नेतृत्वहरुले यश तर्फ गम्भीर भएर आत्मसमिक्षा गर्न आवश्यकता ठानेको छ त? ।’
उनले पार्टी तथा त्यसका संकोचित सोच भएका केही नेताहरुको व्यवहारले नेपाली राजनीति नै बदनाम भएको टिप्पणी गरेका छन् । 
 ‘यहाँ त पार्टीहरुमा आलोचना गरेपछि ,फरक मत राखेपछि ,मुल नेतृत्व सङ्ग विवाद भएपछि भिम रावल बनाइन्छ र त्यसको उदाहरण दिदै भिम रावल बन्ने हो त? भनेर धम्की दिने गरिन्छ । उनले उल्लेख गरेका छन्, ‘जमानामा गरेको आलोचना लाई पक्डेर नेताकार्यकर्ता को राजनीतिक बध गरिन्छ । हाम्रो समाजवादी लोकतान्त्रिक भनिने पार्टीहरुमा । आफ्नो उतराधिकारी जन्माउन र बिकास गर्न न सक्नु कुन बिचार ले अवरोध सृजना गर्दो रहेछ ? प्रदेश देखि जिल्ला स्तर सम्ममा पनि उहीँ  लगभग २० बर्ष देखि एउटै नेतृत्व रहनुको कारणले नेतृत्व बिकासमा भइरहेको अवरुद्घ बारेमा कहिल्यै नेताहरु लाई सोच्ने फुर्सद भएन ? ।”
सप्तरीमा नेकपा ( एमाले ) र नेकपा ( माओवादी  केन्द्र )को हालसम्मको इन्चार्जको अध्ययन गर्नु भयो भने पनि थाहा भइ हाल्छ।अरु तिर पनि यस्तै छ ,धेरै जसो ।’ उनले भने, प्रश्न उठाउन शुरु गर्नु भयो भने बुझ्नुपर्छ निशेधको डण्डा कडा रूपमा खान तैयार हुनुपर्छ ।” 
 ‘दरभङ्गा प्लेनमा किसान आन्दोलनका अग्रज नेता आदरणीय कमरेड गुजाइ यादवले फरक मत राख्नु भएको थियो ।उहाँ बिरामी परेर उपचारको लागि पार्टीका तत्कालीन महासचिव केशरजङ्ग रायमाझी लाई प्रस्ताव राख्दा ती फरक मत फिर्ता लिए मात्रै पार्टीले उपचारमा सहयोग गर्ने बताएका थिए ।उहाँले फिर्ता लिनु भएन  आफ्नो मत।फलतः आर्थिक अभावको कारणले उपचारको अभावमा मृत्यु वरण गर्नु पर्यो।’ नेता गुजाईलाई स्मरण गर्दै उनले अगाडी भनेका छन्त्य,”यस्तै मधेसी राष्ट्रिय मुक्ति मोर्चा ,नेपालको सर्लाहीमा भएको सम्मेलनबाट पुरानो कम्युनिस्ट नेता आदरणीय कमरेड जयकृष्ण गोइतलाई एक शब्द पनि न सोधी उहाँ लाई अध्यक्ष पद बाट हटाइयो।त्यस अपमान लाई उहाँले पचाउन सक्नु भएन ।उहाँ सङ्ग जोडेर हामीलाई पछि सम्म गर्दै आएको व्यबहार ( मातृकाप्रसाद को  ) त भोगी रहेकै छौं । फलतः आदरणीय गोइत जी सर्लाही सम्मेलन बाट फिर्ता त हुनु भयो तर पार्टीमा होइन ।त्यसपछि उहाँ अलग देश बनाउने भनेर छुट्टै आन्दोलन चलाइरहनु भएको छ।’
 उनले लेखेका छ्न :- “पार्टीहरु भित्रको आन्तरिक लोकतान्त्रिक प्रणाली लाई कसरी बिकास गरिए भन्ने कुरा यसले दर्शाउँछ।’
‘क्रान्तिकारी भनिएका कम्युनिस्ट पार्टी देखि संसोधनवादी भनिएका कम्युनिस्ट पार्टीको पोलिट ब्युरो ,स्थायी समिति तथा जनबर्गीय संगठनको प्रमुखहरुमा नाम हेर्नू भयो भने धेरै कुरा छर्लङ्ग हुन्छ।सरकारमा गएको बखतको सरकारमा हिस्सेदारी ,राजनीतिक नियुक्ति समेतको असमावेशिताले लोकतान्त्रिक मनस्थितिको अवस्था  प्रष्ट देख्न सकिन्छ ।’ उनले लेखेका छन् 
“अहिले फासिस्टहरुलाइ बुर्जुवा संसदीय प्रणाली उसको दिर्घायुको सहायक बन्न सक्ने हुँदा यस खोल लाई समाप्त गर्दैनन् ( अहिले  २०१७ होइन जनयुद्धले ल्याइ दिएको २०८२ हो भन्ने कुरा उनीहरू लाई पनि थाहा छ) ।तर,विभिन्न आवरणमा दमन जारी राख्छ ।” उनले उल्लेख गरेका छन् ।
‘प्रगतिशील राष्ट्रिय अभियान पार्टीले अध्यक्ष मण्डल बनाएर मुल नेतृत्वमा  समावेशीको अवधारणा तिर गएको कदम ठिक छ।तर ,मार्ग दर्शक सिद्धान्त के ? मार्क्सवाद – लेनिनवाद – माओवाद कसरी असान्दर्भिक भयो ? यसले कहाँ बाधा पुर्यायो ? भन्ने अनुतरित रहेर पुग्दैन ।हुन त झापा बिद्रोह देखि जनयुद्ध सम्मका नेताहरुलाई माओवाद घाँडो भयो भन्ने कुरा प्रष्टै देखिन्छ ।’ उनको भनाइ छ,  ‘उहाँहरुले पनि यस कारणले माओवाद छाडियो भन्न सकिरहनु भएको छैन तर सारत छाडनु भएको कुरा प्रष्ट नै छ।’
 पूर्वमन्त्री यादव नेपाली कम्युनिस्ट पार्टीको प्रभावशाली नेता हुन् ।