न्यूज टुडे
राजविराज,०७ मंसिर ।
सप्तरी प्रहरीद्वारा १ सय ३४ बोरा अबैध डिएपी मल बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित इनर्वा चोकबाट आइतबार प्रहरीले उक्त मल नियन्त्रणमा लिएको हो ।
स्थानीय धर्मेन्द्र दासले अबैध रुपमा लुकाई छिपाइ राखी कालोबजारी गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा उक्त मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी,सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले दासले संचालनमा ल्याएको मल खाद स्टोर खानतलासी गर्दा ५० किलो का १ सय ३४ बोरा डिएपी मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद मल जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान भइ रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।