न्यूज टुडे
राजविराज, ०७ मंसिर ।
सप्तरीमा जबर्जस्ती करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका महनौरी टोलका कामेश्वर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जबर्जस्ती करणी मुद्दामा ७ बर्ष कैद र ३ लाख जरीवाना तोकिएका मण्डललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा फरार भएका उनलाई राजविराज कारागार कार्यालय दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।