• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कुटपिटबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

कुटपिटबाट घाइते युवकको उपचारको क्रममा मृत्यु
न्यूज टुडे
राजविराज,०६ मंसिर ।
सप्तरीमा छिमेकीको कुटपिटबाट गम्भीर घाइते एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । राजगढ गाउँपालिका ६ फकिराका १९ बर्षीय मुकेश यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो । 
 राजविराज नगरपालिका १६ बोरिया बस्दै आएका  यादवलाई मोबाइल चोरी गरेको आरोपमा छिमेकीले कुटपिट गरेका थिए । 
गत  ३ मंसिरमा छिमेकीको कुटपिटबाट गम्भीर घाइते  यादवको उपचारका क्रममा छिन्नमस्ता अस्पतालमा शुक्रबार मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए ।
 छिमेकी सरो कुमारी साहको मोबाइल हराएको तथा मोबाइल मुकेशले नै चोरी गरेको भन्दै सरो सहितका अन्य छिमेकीले समेत निर्घात कुटपिट गरि घाइते भएको थियो ।
कुटपिटमा संलग्न  सरो र उनका छिमेकी सन्तोष राउतलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।