• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्व प्रधानाध्यापक तथा विद्यार्थी सम्मानित

पूर्व प्रधानाध्यापक तथा विद्यार्थी सम्मानित
रामनाथ यादव
राजविराज , ०६ मंसिर ।
सप्तरीको राजविराज नगरपालिका स्थित रहेकाे केशाे अनरुद्व माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा उत्कृष्ट विद्यार्थी सम्मनित भएका छन्। प्रधानाध्यापक संघ नेपाल राजविराज नगर कार्य समिति( पान)द्वारा विद्यालयमा शुक्रबार आयोजित एक समारोहका वीच उनीहरू सम्मानित भएका हुन् । 
सम्मानित व्यक्तित्वहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा अवकाशप्राप्त प्रधानाध्यापक  तथा एसइइ २०८१ मा उत्कृष्ट जिपिए ल्याउने छात्र-छात्रालाई फूलमाला अविर, गम्छा तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
 केअ माविमा राजविराजकाे श्राेत भवनमा आयोजित कार्यक्रममा राजविराज नगरपालिका भित्र रहेको ४२ ओटै सामुदायिक  विद्यालयका अवकाशप्राप्त आठ जना  प्रधानाध्यापक र एसइइमा उत्कृष्ट जिपिए ल्याउने एक जना छात्र र एक जना छात्रा गरि दुई जनालाई  फुलमाला , अविर , गम्छा ओढाएर सम्मान गरिएको विद्यालयले जनाएको छ ।
सम्मानित हुनेहरुमा अवकाशप्राप्त  प्रधानाध्यापकहरु रामविलास यादव , कामेश्वर यादव , श्याम सुन्दर पासवान, जीवन किशोर चौधरी , शान्ति झा, चन्द्रिका कुमारी यादव ,सरस्वती देवी यादव र  सुचिता कुमारी साह रहेका छन्। 
यसैगरी विद्यार्थी तर्फ नरेनद्र मेंमोरियल माबि बोरियाका छात्र गिरीराज साह र  राजदेबि माबिका छात्रा सृजना साह छन् ।
प्रधानाध्यापक संघ नेपाल नगर कार्य समिति राजविराजका  अध्यक्ष  सतिश चन्द्र झाको अध्यक्षतामा तथा शिक्षा बिकास तथा सवन्मय इकाइ सप्तरीका शिक्षा अधिकृत कमल नाथ यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजविराज नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव, इलेक्चुअल फाउन्डेसन नेपालका अध्यक्ष डा. .सुर्या प्रसाद यादवलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।