• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सहिद नागेश्वरको दशौ स्मृति  दिवसमा श्रद्धाञ्जली सभा

सहिद नागेश्वरको दशौ स्मृति  दिवसमा श्रद्धाञ्जली सभा
न्यूज टुडे
राजविराज,०५ मंसिर । 
मधेश आन्दोलनका शहिद नागेश्वर यादवको १०औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । रूपनी गाउँपालिका वडा नम्वर ४ स्थित छपकी टोलमा शुक्रवार सहिद नागेश्वरको १० औं  स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली  सभा आयोजना गरिएको हो ।
रूपनी गाउँपालिका अध्यक्ष तथा मधेश आन्दाेलनका अगुवा दिनेश यादबले सहिद नागेश्वर यादवको समाधिस्थलमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे । 
अहिले सहिद नागेश्वर यादबको पत्नी सुष्मा यादवलाई रूपनी गाउँपालिकाको कार्यालयमा समाजिक परिचालकको रूपमा रोजगार दिएको उनले बताए । 
राष्ट्रिय मुक्ती पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चाैधरीले २०७२ सालको संविधानलाई समावेशी बनाउनुपर्ने भन्दै मधेशवादी दलले राजमार्ग भरौ, शान्ति पुर्ण आन्दोलनमा प्रहरीले ज्यादती गरी नागेश्वरलाई गोली हानेर हत्या गरेको आरोप लगाए ।
श्रद्वान्जली सभामा बोल्दै सहिद नागेश्वरको दाजु जुगेश्वर यादवले मधेशको अधिकार प्राप्ति तथा शहिदको सपना साकार गर्न मधेशको मुद्दाको ग्यारेन्टी नहुन्जेल पछाडि नहट्न आग्रह गरे ।
स्थानीय बैरसु यादबकाे अध्यक्षतामा आयाेजित सभामा जिल्ला समन्वय समितिका उपप्रमुख शंभु कुमार यादव, रूपनी गाउपालिका पुर्व उपाध्यक्ष बेचनी सरदार, जसपाका दिनेश यादब, लाेसपा सप्तरी सचिव जय नारायण यादब,, रूपनी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष छेदी ईसर, स्थानिय नेता तेजनारायण यादव, लगायतले शहिद यादवको योगदानको चर्चा गरे ।