• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

श्रीपुर्राजको सातौं अधिवेशन सम्पन्न: अध्यक्षमा पुन: चौधरी 

श्रीपुर्राजको सातौं अधिवेशन सम्पन्न: अध्यक्षमा पुन: चौधरी 
न्यूज टुडे
राजविराज, ०५ मंसीर । 
श्रीपुरार्ज सामुदायिक विकास केन्द्र सप्तरीको ३० औं बार्षिक साधारणसभा तथा सातौं अधिबेशन सम्पन्न भएको छ । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा शुक्रबार सम्पन्न बार्षिक साधारणसभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा पुनः चतुर नारायण चौधरी चयन भएको हो ।
गठित संस्थाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा सुनिलकुमार चौधरी, सहसचिवमा रामकुमार पासवान र कोषाध्यक्षमा सुशिला कुमारी चौधरी चयन भएका छन्।
यसैगरी समितिको सदस्यहरुमा किरणकुमारी चौधरी, दिनेशकुमार चौधरी, योगेन्द्र प्रसाद चौधरी, लालबहादुर चौधरी, रेखाकुमारी चौधरी र उमेशकुमार साह रहेका छन् ।
यसअघि आयोजित बार्षिक साधारणसभा तथा सातौं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले उत्पीडित र विपन्न समुदायको सामाजिक उत्थान र विकासमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
संस्थाका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार केन्द्रका केन्द्रीय सदस्य श्रीप्रसाद सदा, सामाजिक अभियन्ता प्रमोद कुमार चालिसे, श्रीपुर्राज सामुदायिक केन्द्रका टीम लिडर बिनोदानन्द चौधरी, दिनेशकुमार चौधरी, श्रृजनशील सामुदायिक विकास केन्द्रका सहजकर्ता किरणकुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।