• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ट्याक्टर चालकको लापरबाही : स्कुले बालिका घाइते

ट्याक्टर चालकको लापरबाही : स्कुले बालिका घाइते
न्यूज टुडे
राजविराज,०५ मंसिर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २  चाँदनी बजारमा शुक्रबार चालकको लापरबाहीले ट्याक्टर अनियंत्रित हुँदा एक स्कुले बालिका घाइते भएकी छन् ।  रुपनी गाउँपालिका ५ विरेन्द्र बजारका घनश्याम महेताको १३ बर्षिय छोरी निशा मेहता ट्याक्टरले ठक्कर दिँदा घाइते भएकी हुन् । 
ठक्कर दिने ट्रयाक्टर। फोटो: न्यूज टुडे
पश्चिमबाट -पूर्वतर्फ जाँदै गरेको  स १ त १७०३ नम्बरको ट्याक्टरले सोही दिशाबाट विद्यालय जाँदै  गरेकी उनलाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।  सडकको नालामाथिबाट हिडिरहेकी उनलाई नालामाथि ट्याक्टर चढाएर ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइ छ । 
‘तीब्र गतिमा रहेको इटा बोकेको ट्याक्टर बालिकालाई देखेर पछाडि टेलरमा बसेका दुई युवा नाच्न थालेपछि चालकले पनि  ट्याक्टर सडकमा नचाउन थालेपछि अनियंत्रित भइ बालिकालाई ठक्कर दिएको स्थानीयले बताए । 
टाउको , कुहिनो र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते बालिकाको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ । 
घाइते बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
घाइते बलिका मावि भुर्की सितापुरमा कक्षा ७ मा पढ्ने छात्रा हुन्।