न्यूज टुडे
राजविराज,०४ मंसिर ।
आफुलाई पत्रकार भन्दै पैसा मागी कुटपिट गर्दै एक किसानलाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ४ बस्ने बर्ष ३० को विक्की सिह भन्ने प्रहलाद सिंहलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असोज २६ गते विहानको राती १ बजे गाइलाई गर्भ राख्नको लागि साँढे खोज्न निस्कीएको एक किसनलाई राजविराज २ स्थित सिंहले कुटपिट गर्दै अभद्र व्यवहार गरेको आरोप लागेको छ । गाई चोरी गरि ल्याएको भन्दै म पत्रकार विक्की सिंह हुँ भनी १० हजार माग गरेको तथा कुटपिट र अभद्र व्यवहार गरेको पीडितले प्रहरीमा उजुरी गरेपछि सिंहलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।
उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए ।
सिंहले पत्रकारको आवरणमा आचरण विपरीत कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले यस्ता पत्रकारको आडमा समग्र पत्रकारिताको बदनाम गर्ने जोसुकै माथि कारबाहीका लागि प्रेस विज्ञप्ति निकालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।