• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बिधालय स्तरीय क्रीकेट प्रतियोगिता शुरु  : लाली गुराँस र रायपुर बिजयी

बिधालय स्तरीय क्रीकेट प्रतियोगिता शुरु  : लाली गुराँस र रायपुर बिजयी
न्यूज टुडे
राजबिराज,०४ मंसिर । 
जिल्ला स्तरीय अन्तरबिधालय क्रिकेट प्रतियाेगिता अन्तर्गत बिहिवार सम्पन्न उद्घाटन खेलमा लाली गुराँस र रायपुर विजयी भएको छ । सप्तरी क्रिकेट सँघकाे समन्वयमा तथा सबल नेपाल द्वारा आयाेजित पहिलाे खेलमा लाली गुराँस माबि र कन्छुनरप्रताप माबि रायपुर बिजयी भएकाे हो।
 राजविराज स्थित पवि माबि क्रिकेट मैदानमा आयोजित उद्घाटन खेलमा लाली गुराँसले पहिलाे खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गरी लाली गुराँस माबि बिजयी   भए भने दाेस्राे खेलमा केअ माबिलाई १० बिकेटले पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएकाे सप्तरी क्रीकेट संघका सचिब चन्दन कुमार यादवले बताए । 
पहिलाे खेलमा टस जितेर लाली गुराँसले बाेरियालाई ब्याटिंग गर्न दिएपछि माबि बाेरियाले १३ ओभरमा सबै बिकेटको क्षतिमा ८२ रनकाे याेगफल खडा गरेका थिए।
जसमा सन्दिप मण्डल १३ रन बनाएका थिए। 
बलिंग तर्फ लाली गुरासका चन्दन दास ४ बिकेट, साहिद आलम, माेहम्मद तवाकरले समान्य ३/३ बिकेट लिएका थिए।
जवाफमा लाली गुरासले ८ ओभर २ बलमा दुई बिकेट गुमाएर बिजयी हासिल गरेका थिए। जसमा ओम चाैधरीले ४० रन बनाएका थिए भने कृष्ण यादबले २० रन जाेडेका थिए।
बलिंग तर्फ बाेरियाका मनिषा यादब र काैशल दासले समान्य १/१ बिकेट लिएका थिए। खेेलकाे प्लेयर अफ दि म्याच लाली गुराँसका चन्दन दास घाेषित भएको सबल नेपालका राहुल सिँहले जानकारी दिए।
यसैगरी दाेस्राे खेलमा केअ माबि राजबिराजलाई १० बिकेटले पराजित गर्दै कन्छुनरप्रताप माबि नकटिरायपुर बिजयी भएकाे छ।
 टस जितेेर कन्छुनरप्रताप माबि रायपुरले ९ ओभर ३ बलमा सबै बिकेट गुमाएर ५९ रनकाे याेगफल खडा गरेका थिए। जसमा कृष्ण कुमार यादबले १२ रन बनाएका थिए।
बलिंग तर्फ केअ माबि राजबिराजका लक्ष्मण बिकले उत्कृष्ट बलिंग गर्दै ३ ओभरमा ११ रन खर्चेर ४ बिकेट हात पारेका थिए भने राम बिक र रूपेश रामले समान २/२ बिकेट तथा रन्जित यादबले १ बिकेट लिएका थिए।
जवाफमा ६० रनकाे लक्ष्य लिएका केअ माविलाई ५ ओभरमा कुनै पनि बिकेट नगुमाई रायपुरले जित हात पारेकाे हाे।
टिमका लागि शिव अधिकारी र लक्ष्मण बिकले अविजित रहदै पारी खेलेपछि जित सहज भएकाे हाे। शिव अधिकारीले ३६ रन र लक्ष्मण बिकले १० रन बनाउदै नट आउट खेलेपछि जित सहज भएकाे थियाे। 
उक्त अवसरमा राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष बन्धुलाल दासले खेलकाे प्लेयर अफ दि म्याच रायपुरका लक्ष्मण बिकलाई कप प्रदान गरेका थिए।
शुक्रवार  एपिएफ र नाेवेल राजबिराज तथा म्याकसेल राजबिराज र बिपि माबि भारदह बिच हुने आयाेजक समिति सबल नेपालका कार्यक्रम संयाेजक नवनित जायसवालले जानकारी दिए।