न्यूज टुडे
राजविराज,०४ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ की स्वर्गीय विष्णु देवी थरुनीको १२ औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । थारु संस्कृति संरक्षण संघ नेपालद्वारा स्वर्गीय थरुनीको निवास बक्साहामा बिहिवार श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।
स्वर्गीय थरुनीको छोरा लेखेश्वर चौधरीको अध्यक्षता तथा थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय अध्यक्ष गयानन्द चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय उपाध्यक्ष सितादेवी चौधरी, प्रवक्ता सत्यनारायण चौधरी, नैना कुमारी चौधरी,लिलिमा चौधरी, शोकाकुल परिवारका श्यामकान्त चौधरीले स्वर्गीय थरुनीको जीवनी बारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
थारु संस्कृति संरक्षण संघ सप्तरीका अध्यक्ष तेज नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत पूर्व शिक्षक जय नारायण चौधरीले गरे ।
कार्यक्रममा थारु संस्कृति संरक्षण संघ नेपाल आवद्ध कलाकारहरुद्वारा विभिन्न शोक गीत संगीत , भजन कृतन तथा नृत्य प्रस्तुत गरेका थिए ।
स्वर्गीय थरुनीको २०८२ कार्तिक २२ गते ८४ बर्षको उमेरमा निधन भएको थियो ।