• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा घर निकाला गरेपछि एक युवतीको विचल्ली

सप्तरीमा घर निकाला गरेपछि एक युवतीको विचल्ली
न्यूज टुडे
राजविराज, ०३ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझौकी एक युवतीलाई श्रीमानले घर निकाला गरेपछि विचल्लीमा परेकी छिन् । स्थानीय  कृष्ण देव मण्डलको छोरी २२ बर्षकी सुमन मण्डल बिवाहा भएको ४ महिना मै घर निकाला भएपछि बिचल्लीमा परेकी हुन् ।
२०७८ साल फागुन २९  गते सामाजिक परम्परा अनुसार  तिलाठी कोइलाडी गाउँपालिका ७  सडेपारका सत्रुधन मण्डलको छोरा राधेश्याम मण्डलसंग बिबाह बन्धनमा बाँधिएकी उनलाई श्रीमान र परिवारले स्वीकार नगर्दा ठुलो समस्यामा परेकी छिन् । 
राजविराजमा बुधबार पत्रकारसंग भेटघाट गर्दै आफू काली भएको भन्दै श्रीमानले विवाह भएको दिनदेखिकै तिरस्कार गरेको बताइन् । 
‘हाम्रो  दुबैतर्फको परिवारको राजीखुशीमै  मागी विबाह भएको हो’ उनले भनिन्,”घर भित्रीएको दिनदेखि नै काली भन्दै श्रीमानले स्वीकार  गरेनन् । त्यसपछि खेल सुरु भयो । यसमा आमाजु दिदीको प्रमुख भुमिका छ।’
उनले श्रीमानसंगै आमाजु दिदी अनिता र  उनको श्रीमान लालु मण्डलले कुटपिट गरि घर निकाला गरेको आरोप लगाइन् । 
श्रीमानको व्यवहार र सासू शोभादेवी र ससुरा, आमाजु र  आमाजु दाजुले दिनरातको कुटपिटले ज्यान नै जोखिममा हुँदा पनि  सहेरै बसेँ, उनले भनिन्,’तर परिवारनै मिलेर  निर्घात कुटपिट गरि घरबाट निकालेपछि माईती घरमा बसेर न्यायको लागि लडिरहेको छु ।’ 
आफुमाथिको अमानवीय व्यवहार भएको थाहा पाएपछि सम्झाई बुझाई गर्न गएका बुवा र भाइमाथि समेत आक्रमण गरि घाइते बनाएको उनले पत्रकारलाई बताए ।
मेरो घर आएका बुवा र भाई  दुबैजनालाई कुटपिट गरि विना कसुर ज्यानमार्ने उधोगको झुठो मुद्दा लगाई फँसाउने प्रयास समेत गरेको उनले बताइन् । 
नगद २ लाख ५० हजार ,८ आना सुन र ५ कठ्ठा जग्गा दाइजो कबुल गरि विवाहको टुंगो भएपछि नगद र सुन तत्कालै दिएको तथा जग्गा मेरो नाममा दिने सर्त भएपनि जग्गा नदिएको निहुँमा सबै मिलेर घर निकाला गरेपछि ठुलो समस्यामा परेको उनले दुखेसो सुनाइन् । नागरिकता बनाएर जग्गा नामसारी गर्न  बुवाले पटकपटक तागेदा गर्दा समेत नागरिकता बनाउन श्रीमानले आलटाल गर्दै आएको उनले आरोप लगाइन् ।  
उनले गाउँकै केही व्यक्तिको उक्साहटमा सबै परिवार मिलेर आफुमाथि अत्याचार गरेपछि प्रहरीमा जाहेरी दिन बाध्य भएको बताइन् ।  कुटपिटमा संलग्न ससुरा सत्रुधन सासु सोभादेवी , आमजुको अनिता,  आमाजु दाजु लालु मण्डल, श्रीमान् राधेश्याम मण्डल, छिमेकी  नवीन सिंह विरुद्ध प्रहरीमा ज्यान मार्ने उधोग दर्ता गरेको उनले जानकारी दिइन् । 
प्रहरीले पनि खासै चासो नदिदा आफू साह्रै अन्यायमा परेको बताउदै उनले न्यायका लागि पहल गरिदिन संचारकर्मी तथा सरोकारवाला निकायसंग आग्रह गरिन । 
कुटपिटमा संलग्नलाई कानूनी कारबाही, श्रीमानसंग घरमा बस्ने सुरक्षित बाताबरण तथा अविलम्ब नागरिकता बनाई दिनुपर्ने उनको माग छ । नागरिकता नहुँदा आफू सार्ह्रै मारमा परेको उनले दुखेसो पोखिन् । 
बिबाह बन्धनमा बाँधिएकी ऊनी श्रीमान् संग सम्बन्ध नहुँदै २०७९ जेठ देखि  विष्णुपुर ५ स्थित माइती घरमा बस्दै आएकी छिन् ।