रामनाथ यादव
राजविराज , ०२ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित रहेको सरस्वती शिशु सदन इङलिस वाेडिंङ्ग स्कुल पाेर्तहाको २५ औ वार्षिकोत्सब ( रजत जयन्ती ) तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सरस्वती शिशु सदन इंग्लिस वाेडिंग स्कुल पाेर्तहाका संस्थापक सुरेश यादवकाे अध्यक्षता तथा प्यावसनका केन्द्रीय उपाध्यक्ष एवम् सृजना सेकेण्डरी वाेडिंग स्कुल राजविराजका संस्थापक अनिल कुमार झाकाे प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहका वीच रजत जयन्ती सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अनिल कुमार झा , विशिष्ट अतिथि अरुण कुमार देव, प्यावसनका जिल्ला उपाध्यक्ष अमरेन्द्र यादवले आमावुवा र शिक्षकले आफ्ना सन्तानलाई आफूभन्दा अगाडि बढेको देख्न चाहन्छ भन्दै गुरुले अज्ञानीलाई ज्ञानवान वनाउने काम गर्ने बताए ।
२५ औं बर्ष पुगेको अवसरमा आयोजित रजत जयन्तीको साँस्कृतिक कार्यक्रममा सहभागी तथा पूर्व शिक्षक र पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा राेयल सेकेन्डरी वाेडिंग स्कुलका संस्थापक देवनाथ यादव , प्यावसनका जिल्ला उपाध्यक्ष अमरेन्द्र यादव , मावि मधवापुरका प्रधानाध्यापक गणेशी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। सरस्वती शिशु सदन इंग्लिस वाेडिंग स्कुलका संस्थापक अध्यक्ष सुरेश यादवकाे वुवा दामोदर भद्देसवार यादव , श्रीमती रंजना देवी यादव , सरस्वती शिशु सदन इंग्लिस वाेडिंग स्कुलका प्रधानाध्यापक गौरी नारायण चाैधरी लगायतलाई अविरकाे टीका , दाेसला , डायरी र कलमले सम्मान गरिएकाे थियाे ।
यस विद्यालयवाट पढेर एमविवि एसमा स्कोलरसीपमा नाम निकालेर पढेर डाक्टर , इन्जिनियर , प्राेफेसर लगायत ओहदामा पुगेका सम्पूर्ण छात्रछात्राहरुलाई सम्मान गरिएको थियाे ।
कार्यक्रम संचालन विष्णु प्रसाद यादव र पुसपेन्द्र सेठले गरेकाे थियो ।
विद्यालयकाे वार्षिकोत्सबकाे अवसरमा साँस्कृतिक कार्यक्रम तथा पूर्व शिक्षक र पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।