न्यूज टुडे
राजविराज, ०२ मंसीर।
रासायनिक मल कालाबजारी गरेको आरोप प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यादवले संचालन गरेको जनता कृषि सहकारी संस्था लिमिटडमा नेपाल सरकारबाट अनुदातित रासायनिक डिएपी मल कालाबजारी गरेको सुराकीको आधारमा ना ६ ख ६२८४ नम्बरको ट्रकसहित २ सय २० बोरा मल बरामद भएको प्रहरीले जनाएको छ ।
सोधपुछ गर्दा आधिकारीक कागज पत्र देखाउन नसकेपछि आईतवार ट्रक, मलसहित यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर वहादुर पुरीले बताए।
यादवलाई कालाबजारी कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भाई अनुसन्धान भई रहेको डिएसपी पुरीले जानकारी दिए ।
यसैगरी भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउँदै गरेको २ लाख बढीको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।