नर्मदेव यादव
रुपनी,२८ कार्तिक ।
उपचारका लागि काठमाण्डौ हिडेका एक जना यात्रुको बसमै मृत्यु भएको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ इटहर्वाका ४७ बर्षिय रामाकान्त चौधरीको रुपनी चौकमा शुक्रबार मृत्यु भएको हो ।
धरानबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०१-०० ६ ख ९५४६ नम्बरको न्यू कोशी बसमा सप्तरीको सितापुरमा चढेको चौधरीको ७ किलो मिटर पश्चिम रुपनी पुग्न साथ बसको सिटमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचार गराउन काठमाडौंका लागि सितापुर चौकबाट बेलुकी ७ बजे बस चढेको १५ मीनेटमै श्रीमानको ज्यान गएको मृतकमा श्रीमती उषा चौधरीले बताइन् ।
रुपनीमा यात्रु चढाएर हिड्ने क्रममा अन्य यात्रुहरुले चौधरीको मृत्यु भएको जानकारी गराएको बसका कन्टेकटर सुन्दर श्रेष्ठले बताए । मृतकको श्रीमतीसंगै चौधरीको शव प्रहरीको जिम्मा लगाइएको उनले जानकारी दिए ।
मृतकको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।