न्यूज टुडे
राजविराज, २८ कार्तिक ।
सप्तरीका युवाहरुले नेपाल खानेपानी संस्थान राजविराज शाखालाई कमजोर गर्ने खेल नरोकिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत शुक्रबार नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाण्डौलाई ज्ञापनपत्र बुझाउँदै युवाहरूले यस्तो चेतावनी दिएका हुन् ।
कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरि संस्थानलाई नेतृत्व विहीन गरि कामकाज प्रभावित गर्ने खेल स्वीकार्य नहुने प्रजिअ टुवराज पोखरेललाई युवाहरूल्द्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको ज्ञापनपत्रमा जनाइएको छ ।
कोही १८ बर्षदेखी डेरा जनाएर बस्ने र कार्यालय र जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउदै नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यलय प्रमुख यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनभावना विपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले युवाहरुले बुझाएको ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।