• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

किसानको १५ औं वार्षिक साधारणसभा सम्पन्न

किसानको १५ औं वार्षिक साधारणसभा सम्पन्न
रामनाथ चौधारी
महुली,२७ कार्तिक।
किसान कृषि सहकारी संस्था अग्नीसाइर कृष्णासवरन ५ भिमारको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामानन्द चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक समारोहका वीच साधारण सभा सम्पन्न भएको हो । 
कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी,  अग्नीसाइर कृष्णासवरन ५ का कार्यबाहक अध्यक्ष गयाराम चौधरी, कृषि तथा पशुपंछी शाखा प्रमुख चन्द्र रेखा चौधरी, आमसोत सामुदायिक कृषि सहकारीका प्रबन्धक  रामी यादव, सदाबहारका शैलेन्द्र झा, समाज कल्याणका देवाकान्त चौधरी, प्रगति शिल युवाका हरेराम साह, पत्रकार रामनाथ चौधारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रममा स्वागत सुनिता कुमारी चौधरीले गरिन्।
साधारणसभाले आव २०८१ /०८२ को लेखा परीक्षण प्रतिवेदन पारित गरिएको थियो भने आव २०८२/०८३ को लागि बजेट नीति तथा कार्यक्रम पास गरेको छ।