न्यूज टुडे
राजविराज ,२७ कात्तिक ।
सप्तरी क्रिकेट सँघको समन्वय तथा सबल नेपालको सहयोगमा संंचालित महिला ईन्टर हब टि टवान्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङ्गले हात पारेको छ ।राजबिराज स्थित पविमाबि खेलमैदानमा विबिबार सम्पन्न फाइनल खेलमा सिरहालाई ७ बिकेटले पराजित गर्दै मोराङ्गले उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १४ दश्मलव ४ बलमा सम्पुर्ण विकेट गुमाई ४६ रनको झिनो चुनौती पेश गरेको थियो ।
जसमा अनुराधा चौधरीले अविजित २६ रनको योगदान दिए भने ७ जना खेलाडी शून्यमा आउट भएका थिए ।
बलिंग तर्फ मोरङ्ग महिला क्रिकेट टिमका श्रृजना राजबंशीले उत्कृष्ट बलिंग गर्दै ३, निरू राजबंशी २, सुबेक्क्षा लिम्बू, बन्दना राजबंशी, पुर्णिमा राजबंशीले सामान १÷१ बिकेट हात पारेकी थिईन् ।
४७ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको मोरङ्गले ८ दश्मलव ३ ओभरमै विजयी लक्ष्य प्राप्त गरेका थिए ।
फाइनल खेलकोको प्लेयर अफ दि फाईनल विजेता टीमकी श्रृजना राजबंशी भईन् । यस्तै बेस्ट ब्याटर मोरंगका टीका साह, बेस्ट बलर सप्तरीकी सुस्मिता यादव घोषित भईन् ।
विजेता तथा उपविजेता टिमलाई एक समारोहका वीच पुरस्कार वितरण गरिएको थियो ।