• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पाँचदिन भित्र तलवभत्ता उपलब्ध गराउने आश्वासनपछि आन्दोलन स्थगित

पाँचदिन भित्र तलवभत्ता उपलब्ध गराउने आश्वासनपछि आन्दोलन स्थगित
न्यूज टुडे
राजविराज,२६ कार्तिक।
तलबभत्ता माग गर्दै आन्दोलनरत अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । पाँचदिन भित्र तलवभत्ता उपलब्ध गराउने आश्वासनपछि  बुधबार आन्दोलन स्थगित  गरेको हो ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले आन्दोलनरत शिक्षक कर्मचारीलाई भेटेर पाँच दिन भित्र तलवभत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गर्ने सहमति भएको प्रावि इटहर्वाका प्रधानाध्यापक सुवास चौधारीले बताए। 
उनका अनुसार कार्तिक ३० गतेभित्र विद्यालयको खातामा तलवभत्ता पठाउने र आन्दोलन स्थगित गरी बिहीबार देखी विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालय पूर्ववत संचालनमा ल्याउने गाउँपालिका र आन्दोलनरत पक्षसंग सहमति भएको छ । 
सहमति पत्रमा कार्यबाहक अध्यक्ष चौधारी, प्रमुख प्रशासकीय अधिकृत यादव, विभिन्न वडाका वडाध्यक्षहरु र आन्दोलनरत पक्षबाट संघर्ष समितिका संयोजक दुःखन यादव तथा सदस्यहरुले हस्ताक्षर गरेका छन्। 

दुईपक्षीय सहमति। पछि ९ दिन देखि तलबभत्ता माग गर्दै आन्दोलनरत  शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु काममा फर्कने भएको छ ।  शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्य क्षेत्र छोडेर गाउँपालिका अगाडि धर्ना दिएपछि गाउँपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयबाट दिइने सेवा पूर्ण रूपले प्रभावित भएको थियो । 

 आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका थिए ।