• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा लाखौंको अबैध सामान बरामद
न्यूज टुडे
राजविराज, २५ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा लाखौंको अबैध समान बरामद गरेको छ । भारतबाट भन्सार छली  नेपाल तर्फ ल्याउँदै गरेको २ लाख ७३ हजार ८ स्स्य बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो । 
भारतबाट भन्सार छली तथा चोरी पैठारी गरि ल्याउदै गरेको चिनी, खानेतेल,जिरा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  प्रहरी गस्ती टोलीलाई देखेपछि उक्त सामान छोडेर तस्करीमा संलग्न व्यक्तिहरु फरार भएको प्रहरीले बताएका छन् । 
बरामद सामान आवश्यक कारबाहीका लागि मंगलबार भन्सार कार्यालय पठाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।