• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महिला क्रिकेट: सिरहा र मोरङ बिजयी
न्यूज टुडे
 राजबिराज,२५ कार्तिक । 
राजबिराजमा संचालित जिल्ला स्तरिय ईन्टर हव टि- ट्वान्टी क्रिकेट प्रतियाेगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा  सिरहा र  मोरङ बिजयी भएकाे छ। पहिलाे खेलमा सिरहाले धनुषालाई ९ बिकेटले तथा दाेस्राे खेलमा मोरङले सप्तरीलाई ५ विकेट पराजित गर्दै विजयी भएको हो । 
धनुषा र सिरहा बिच भएकाे पहिलाे खेलमा सिरहाले टस जितेर धनुषालाई ब्याटिंग गर्न दिएपछि धनुषाले १४ ओभर १ बलमा सबै बिकेट गुमाएर ४० रनकाे सानाे लक्ष्य दिएका थिए। जवाफमा सिरहाले ५ ओभर ६ बलमा १ बिकेट गुमाएर बिजयी भएकाे थियाे।
खेलकाे प्लेयर अफ दि म्याच बिपना राय घाेषित भएकी थिईन।
यसैगरी दाेस्राे खेलमा सप्तरीलाई मोरङले ५ बिकेटले पराजित गर्दै बिजयी भएकाे छ। टस जितेर सप्तरीले २० ओभरमा ८ बिकेट गुमाएर ८७ रनकाे याेगफल खडा गरेका थिए।
जवाफमा माेरङले १६ ओभर २ बलमा ५ बिकेेट गुमाएर बिजयी हासिल गरेका थिए। खेलकाे प्लेयर अफ दि म्याच मोरङका बन्दना राजबंशी घाेषित भएकाे सप्तरी क्रीकेट संघका सचीव चन्दन कुमार यादवले जानकारी दिए । 
बुधबारकाे पहिलाे खेल सिरहा र मोरङ तथा दाेस्राे सप्तरी र धनुषा बिच हुने उनले बताए ।
 दुबै खेलमा प्लेयर अफ दि म्याच पुरस्कृत खेलाडीहरूलाई राजबिराज नगरपालिका वडा ५ का वडा सदस्य सन्ताेष मण्डल तथा सप्तरी क्रिकेट सँघका सदस्य मनाेज साहले कप प्रदान गरेका थिए।