• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रामजानकी बजारमा बेथिति विसंगति विरुद्ध संघर्ष समितिको जागरण सभा 

रामजानकी बजारमा बेथिति विसंगति विरुद्ध संघर्ष समितिको जागरण सभा 
न्यूज टुडे
राजविराज,२५ कार्तिक।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै वडा नम्बर ३ स्थित रामजानकी बजार मट्टीगढामा मंगलबार जागरण सभा आयोजना गरिएको छ । गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्व संघर्ष समितिद्वारा  जागरण सभा आयोजना गरेको हो । 
सभालाई सम्बोधन गर्दै वक्ताहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उनीहरूले जनप्रतिनिधि तथा कर्मचारीहरुले अनावश्यक बजेट दुरुपयोग गरेको आरोप समेत लगाए ।
संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता आयोजित जागरण सभालाई समितिका सचिब मिलन चौधरी, शैलेन्द्र गामी,  दिनेश कुमार साह लगायतकाले सम्बोधन गरेको प्रबक्ता तुलसी थारुले जानकारी दिए । 
संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी महिनौं देखि आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।