• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शास्त्रीय संगीतकाे क्षेत्रमा रुमालिदै वालक आरभ  

शास्त्रीय संगीतकाे क्षेत्रमा रुमालिदै वालक आरभ  
रामनाथ यादव
राजविराज , २४ कार्तिक 
अहिलेकाे आधुनिक युगमा  वालवालिकाहरुकाे ध्यान शास्त्र र  संगीतकला तर्फ जागृत भएकाे छ । बालबालिकाहरुकाे रुचि गीत–संगीतमा आकर्षित छन् ।  किनभने  वालवालिकाकाे जीवनमा मनोरञ्जन ल्याउनका निमित्त शास्त्रीय र संगीत ज्ञानकाे महत्त्वपूर्ण भूमिका हुन्छन् ।संगीत सिक्न  सुर, ताल, भाका, लयकाे ज्ञान हुनु जरुरी छ 
।  
संगीतले बौद्धिक, सामाजिक व्यक्तित्व विकासमा सघाउँछ । बच्चालाई सिर्जनशील, आत्मविश्वासी बनाउँछ ।  संगीतले जीवन बदल्छ’ सक्छ ।
जसरी देशका लागि डाक्टर, पाइलट, इन्जिनियर, वकिलहरू आवश्यक हुन्छ त्यसैगरी शास्त्रीय र संगीतकाे आवश्यक रहेकाे स्थानीय कमल मंडलले वताए  ।
संगीतमा रुमलिएका वालक हुन सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवाका आरभ कुमार मंडल । तर, सानै उमेर देखि  संगीत सुरु गर्दा यसै क्षेत्रमा आफ्नो  पहिचान  बनाउन निकै नै मिहिनेत गरिदै आएको वताए । उनी सप्तकोसी वाेडिंग स्कुल हनुमाननगर कक्षा ७ मा अध्ययनरत रहेकाे आरभ कुमार अहिले पार्ट टाइममा शास्त्रीय संगीत संगीतमा रुचि राखेकाे वताउँछ । 
उनले वुवा र आमाकाे सहयाेगमा नेपाली, हिन्दी,भाेजपुरी भाषामा संगीत सिक्दै आएका मंडललले अहिले गायन क्षेत्रलाई नै आफ्नाे भविष्य तय गरेकाे वताउँछन । 
मंडलका बुवा कमल मंडलसंगै उनकी पत्नी प्रिती अधिकारी कलिलै उमेर देखि शास्त्रीय संगीतकलाकाे ज्ञान सिकाउँदै आएकाे उनले वताए ।  संगीत क्षेत्र नै मेराे जीवन रहेकाे ऊनी बताउँछन । 
एक दुईवटा  कार्यक्रममा पनि नेपालकाे राष्ट्र गीत,जय जय भैरवी असुर भयावनी ,दशै, तिहारकाे धुन,प्यारका नागमा लगायतका  धुन वजाएर आफ्ना प्रस्तुति दिई सकेकाे जानकारी दिए ।  उनले  नेपाली , अवधी , हिन्दीका गीतहरुकाे धुन हरमाेनियम , केशियाे ,ढाेलक वजाउँदै आएका छन् ।  
कलिला उमेरका देखिने आरभले कम समयमा आफुलाई संगीतमा प्रस्तुत गर्दै आफ्नाे भविष्य काेर्ने आशा लिई संगीत क्षेत्र मै रुमालिएका वताउँछ । उनकाे कला प्रतिभाले हुने विरुवाकाे चल्लो पात नहुने विरुवाकाे खस्रो पात झै देखिएको स्थानिय वाैवालाल खंगले  वताए । 
 वालक आरभकाे वुवा कमल मंडलले इन्द्रिरा कलानिधि संगीत विद्यालय काठमाडौंवाट शास्त्रीय र संगीत सिकेर आफनै गाउँमा युवाहरुलाई संगीत सिकाउँदै आएकाे वताए । शास्त्रीय संगीतकलाकाे लोप हुने अवस्था आएकोले  त्यसको जगेर्नाका लागि आफ्नो प्रयास रहेको मंडलले बताउँछन् ।