न्यूज टुडे
राजविराज, २३ कार्तिक ।
सप्तरीमा लागूऔषध ब्राउन सुगर सहित दुई जना युवक पक्राउ परेका छन्। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०४ कनकपुर टोल बस्ने वर्ष २५ को अमिर कान्त चौधरी र सोही ठाउँ बस्ने वर्ष २४ को दिपक कुमार चौधरीलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
सुरुङ्गा नगरपालिका वडा नं.०४ कनकपुर चौक स्थित इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएका प्रहरी गस्ती टोलीले कदमाहा देखी भेडिया तर्फ आउँदै गरेको दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले शंका लागी नियन्त्रणमा लिई सोधपुछ गरी शरिर चेकजाँच गर्दा दिपक कुमारले बोकेको कालो रंगको पलाष्टिकको झोला खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने पलाष्टिक सहित ०.२८० मिलिग्राम र प्लाष्टिक बाहेकको ०.७० मिलिग्राम पदार्थको तीन वटा पुरिया फेला पारेको प्रहरी निरीक्षक प्रमोद कुमार साहले जानकारी दिए ।
दुबै जनालाई नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक साहले बताए।