न्यूज टुडे
राजविराज,२३ कार्तिक।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । सप्तरीको हुलाकी लोकमार्गको खाँडो पुलको पुर्वको छेउ राजबिराज –१० बिरौल ,कदमाहा ,पकरी,सोनराका स्थानीयबासीसंग आइतबार भेटघाट गर्दै पूर्वमन्त्री यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने खुलासा गरेका हुन् ।
पूर्वमन्त्री यादवले समाजका अगुवासंग प्रतिनिधिसभाको निर्वाचनको विषयमा (सम्वाद)को साथै भेटधाट गरी उम्मेदवारी दिन लागेको भन्दै सुझाव मागे। उनले भेटधाटको क्रममा आफुले गरेको जनपक्षीय कामहरुलाई जनताले स्मरण गरिरहेको स्वयम सुन्दा आत्मसंतुष्टी भएको बताए ।
अगुवाहरुले संविधानसभा तथा ब्यबस्थापिका संसदमा खेलेको भुमिकालाई महत्त्व दिएर यस जिल्लाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र सिके राउतलाई २ नम्बर क्षेत्रलाई छोडेर अन्य क्षेत्रबाट उम्मेदवारी दिन सुझाव दिए । नेता यादवले प्रतिनिधिसभामा उम्मेदवारीका लागि बाताबरण बनाइ दिन आग्रह गरे ।
स्थानीय अगुवाहरुले जसपा नेपालका अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउतलाई दुबै जना फरक फरक निर्वाचन क्षेत्रमा जानुपर्ने बताए । भेटघाटको क्रममा नेता यादवले स्थानीयले राखेको जिज्ञसा सभ्य तरीकाले धितमार्ने गरी आश्वस्त पारेका थिए ।
स्थानीयहरुले यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । बिरौल ,कदमाहा ,पकरी,सोनराका स्थानीय अगुवाहरुले उनको कार्यकालमा भएको बिकास निर्माण,कार्य तथा निर्वाचित भएपछि निरन्तर जनतालाई गरेको सम्मानलाई स्मरण गर्दै अब फेरि प्रतिनिधिसभाको मोर्चा सम्हाल्न आग्रह गरेका थिए ।
उनले स्थानीय अगुवाहरुको सुझावलाई गम्भीरताका साथ लिएको बताउँदै अन्य अगुवासाथीहरूसंग सुझाव लिएर चुनावी मोर्चामा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।