शिव नारायण साह ( सुरज)
राजविराज, २३ कार्तिक ।
सप्तरी उधोग बाणिज्य संघले करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध घोषित चरणबद्व आन्दोलनका कार्यक्रम आईतबार पनि जारी रहेको छ । आन्दोलन परिचालन समितिका संयोजक सुरेन्द्र यादवको नेत्रत्वमा गजेन्द्र चौकमा हस्ताक्षर संकलन तथा धर्ना कार्यक्रम दोश्रो दिन पनि जारी राखेको हो ।
राजविराज स्थित रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै संघर्ष समितिका संयोजक यादवले करदाता कार्यालय यथावत राख्न जोडदार माग गरे ।
कार्तिक २२ गते देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम अनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाउने पूर्व घोषित आन्दोलमलाई निरन्तरता दिएको वताए। उनले माग सम्बोधन नभएसम्म आन्दोलनाका कार्यक्रम जारी रहने बताए।
विरोधका कार्यक्रम अनुसार कार्तिक २२ देखि २७ गतेसम्म विहान ९ बजे देखि बेलुका ४ बजेसम्म गजेन्द्र चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, दिउँसो २ बजेदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने र कार्तिक २७ गते बेलुका ४ बजेदेखि गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउने रहेको उनले बताए।
आन्दोलनलाई व्यवाथित गर्न यादवको नेतृत्त्वमा ९ सदसीय संघर्ष समिति समेत गठन गरेको तथा वैद्यनाथ जोशी, सचिन्द्र दास, सन्तोष कुमार सिन्हा, सुरेन्द्र प्रसाद साह, भोगेन्द्र मिश्र, जीतेन्द्र प्रसाद गुप्ता, विजय देव निर्मल कुमार मुन्धाडा सदस्य रहेको धर्नामा सहभागी उपेन्द्र यादले बताए।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ ।
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह हुनेछ ।
सप्तरी उधोग बाणिज्य संघको नेतृत्त्वमा जारी आन्दोलनलाई सप्तरीका राजनतिक दल, जनप्रतिनिधि, युवा विद्यर्थी, पत्रकार तथा उद्योग व्यवसायी तथा सम्पूर्ण सप्तरीबासीले समर्थन जनाएका छन्।