सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित रहेको जनता माध्यामीक बिद्यालय खुरहुरियाका प्रधानाध्यापक अशोक कुमार यादवलाई विद्यालय आउने बारबरण बनाइदिन अभिभावकहरुले माग गरेका छन्। गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई आईतवार ज्ञापनपत्र बुझाउँदै स्थानीयबासी तथा अभिभावकहरुले यस्तो माग गरेका हुन्।
विद्यालयमा उत्पन्न समस्या राख्दै अभिभावकहरु । फोटो: न्यूज टुडे
स्थानीय शिक्षकहरु र उनीहरूबाट परिचालित विद्यार्थी नभएका केही टोले स्वार्थी, व्यक्तिहरुले प्रधनाध्यपकहरुमाथि विगत देखि नै गालीगलौज, दुर्व्यवहार लडाइँ झगडा अपमान तथा विभिन्न समस्या उत्पन्न गर्दा विद्यालयमा प्रधनाध्यपक अशोक कुमार यादव बस्ने बाताबरण असहज रहेको उनीहरूले बुझाएको ज्ञापनपत्र उल्लेख छ। कपोकल्पित झुठो आरोप लगाउने, मोबाइल खोज्ने, हाजिरी रजिष्टर खोस्ने जतिबेला पनि विद्यालय पसेर धाक धम्की दिने जस्ता अमानवीय क्रियाकलापले प्रधानाध्यापक विद्यालय आउन नसकेको भन्दै अभिभावकहरुले सुरक्षासहित विद्यालय आउने बाताबरण मिलाई दिन माग गरेका छन्।
निजी बिद्यालय खोलेकाहरुले प्रधानाध्यापक यादवलाई कामकाज गर्न नदिई हाजिर गर्न नदिएको, प्रधानाध्यपकको कार्यकक्षमा ताल्चा लगाउन उक्साउने प्रअ परिपर्तनको माग राख्ने जस्ता क्रियकलापले विद्यालय अस्थिर बनेको आरोप लगाउँदै उनीहरूले यादवको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगडि बढाउन माग गरेका छन्।
स्थानीय शिक्षक र टोले स्वार्थ समुहलाई अविलम्व कारबाही गरी प्रधानाध्यापाक यादवलाई सुरक्षा सहित विद्यालयमा हाजिर गराई व्यवस्थापन समिति गठनमा खटाउन ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । ज्ञापनपात्रमा शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले ज्ञापनपत्रमा उठाएको माग जायज रहेको भन्दै दुबैपक्षलाई राखेर सामान्य गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले केही उछृंखल समूहले प्रधानाध्याप यादव माथि आक्रमणको प्रयास गरेको तथा विधालयमा हाजिर हुने अवस्था नरहेको गुनासो गरेपछि गाउँपालिकामा हाजिर गरिएको बताए।
प्रधानाध्यपक यादवले दिनहूँ धाक धम्की, आक्रमणसहितको घटनाले विद्यालयमा हाजिर हुने अवस्था नरहेकाले गाउँपालिकामा आएर हाजिर हुन बाध्य भएको बताए। केही स्वार्थ समूहले अनावश्यक विवाद उत्पन्न गरी विद्यालयको बाताबरण अशान्त बनाएको उनले आरोप लगाए ।
ज्ञापन पत्र बुझाउन स्थानीय लाल कुमार यादव, श्याम नारायण यादव, तेज नारायण यादव, गंगा प्रसाद यादव, असर्फी मण्डल, विश्वप्रसाद यादव, तेज नारायण यादव, इन्द्र देव यादव, रामनारायण यादव, सहदेव यादव, हिलेश्वर यादव, राम एकावाल यादव, हिरालाल यादवलगायतका तीन दर्जनबढी अभिभावक तथा स्थानीय बुद्धिजीवी समाजसेवीहरु पुगेका थिए ।