• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा मैथली लोकोक्ति सागर पुस्तकको बिमोचन

राजविराजमा मैथली लोकोक्ति सागर पुस्तकको बिमोचन
न्यूज टुडे
राजविराज,२२ कार्तिक 
मैथली लोकोक्ति सागर (कहबी,बुझौअली आ फकडाक अनुपमन सङ्ग्रह ) को शनिबार एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ ।अमृत सहारा फाउन्डेसन सप्तरीद्वारा नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार आयोजित एक समारोहका वीच पुस्तक विमोचन गरिएको हो । 
पत्रकार एबम् सात्यकार श्यामसुन्दर यादवद्वारा प्रकाशित तथा सागर वीर कडारीद्वारा संकलित,लिखित सम्पादित पुस्तकको विमोचन पूर्व निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादव गरे । 
कार्यक्रमका बोल्दै बक्ताहरूले मधेसमा सदियौदेखि प्रचलित मैथली भाषाको कहबी(भनाई)कहबी एक हजार ११,बुझौली पहेलि ( उखान ) पाँच सय१४,फकडा( टुक्का) दुई सय २३ वटा समेटिएको पुस्तकले लोप हुदै गएको संस्कृति र पुराना भनाइहरूलाई पुन ताजगी र निरन्तरताका लागि सहयोगी हुने बताएका छन्। 
कार्यक्रमका प्रमुख अतिथि पूर्व निर्वाचन आयुक्त एबम लेखक डा. अयोधी प्रसाद यादवले सप्तरी जिल्ला मैथिली भाषाको गढ भएको बताए । ´यसको संरक्षण र प्रबर्द्धन जसरी हुनुपर्दथ्यो त्यसरी हुन सकेको छैन् ।’ उनले भने 
लुम्बिनी विश्व विद्यालयको रजिस्ट्रार एवम ईतिहासविद डा. पिताम्बर लाल यादव,इन्टेलेक्चुअल फाउन्डेसन नेपालको अध्यक्ष डा. सूर्या यादव,मिलाफ नेपालको पूर्व – अध्यक्ष – देवेन्द्र मिश्र,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वरिष्ठ पत्रकार रामनारायण देव,पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव,अधिवक्ता एवम साहित्यकार सन्तोष चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
संकलक कडारीले फरक क्षमता भएको दाजुको नामबाट कोर‍ोनाको समयमा अमृत साहारा फाउन्डेसन स्थापना गरेको र यो पुस्तक बिक्री गरेर आएको रकम फाउन्डेसनमा जम्मा गरेर फरक क्षमता भएको व्यक्ति,विपन्न असहायलाई सहयोग गर्ने उद्देश्य रहेको बताए।