न्यूज टुडे
राजविराज,२२ कार्तिक ।
सप्तरीको राजविराज नगरपालिका १० स्थित खाडो नदीको उकास जग्गामा घर,टहरा बनाएर बसेका सुकुम्बासीको स्थानीय युवाले चन्दा नदिएको आक्रोशमा उठीबासको प्रयास गरेको छ । नदीको उकास जग्गामा घर,टहरा बनाएर विगत २० वर्ष भन्दा बढी समयदेखि बसेका सुकुम्बासीको स्थानीय युवाले चन्दा नदिएको आक्रोशमा उठीबासको प्रयास गरेको हो ।
नदीमा पुल बने पछि पुलको पुर्वी छेउमा उकास जग्गामा १० घर टहरामा चिया,किराना,सेलुन,साइकल मर्मत लगायत पसल सञ्चालन गरेर जिबिका गर्दै आएका सुकुम्बासीलाई सोही वडाका युवाहरु अशोक यादव,बिशेश्वर यादव,पारस यादव,सन्तु यादव लगायतका युवाले रातीको समयमा घर,टहरा तोडफोडको प्रयास गरेको पिडित सुकुम्बासी विनादेवी यादवले दुखेसो पोखे ।
खाडो नदीमा पुल बनेपछि पुलको पुर्व छेउमा उकास जग्गामा घर,बनाएर विगत २० वर्ष भन्दा बढी समयदेखि सानो चिया पसल गरी घर,परिवार चलाउदै आएकोेमा सोही वडाका केही युवाहरु चन्दा नदिएको आरोपमा उठिबासको प्रयास गरेपछि प्रतिकार गर्दा तोडफोडबाट जोगिएको उनले बताइन्। उनले कति बैला घर तोडपोड गर्ने चिन्ता,त्रासमा बस्नु परेको पीडा सुनाइन्।
यसैगरी सोही ठाउँकी सुमनीदेवी यादवले चिया पसल गरेर घर परिवार चलाउै आएको बेला केही युवाहरुले विभिन्न पर्वको बाहानामा चन्दा माग्ने गरेको नदिदा घर,टहरा भत्काउने धाक धम्की पटक पटक दिने गरेको दुखेसो गुनासो गरिन्। निलम्बित नगर प्रमुख भीमराज यादव,कार्यबाहक नगर प्रमुख ईसरत परविन,वडाध्यक्ष गंगा प्रसाद खंगलगायत विभिन्न राजनैतिक दलका नेता,विभिन्न निकायमा आफनो पिडा राख्दा पनि ठोस रुपमा समस्या समाधान नहुदा त्रास पुर्ण अबस्थामा बस्नु पर्ने बाध्य रहेको पीडितहरुको गुनासो छ ।
उनीहरूले आफुहरुको समस्या सामाधान गर्न मानव अधिकारकर्मी ,नगरपालिका पदाधिकारी,राजनैतिक दलका नेता,प्रहरी प्रशासन,सञ्चारकर्मीलाई आग्रह गरेका छन्।