• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

करदाता सेवा कार्यालय सार्ने निर्णयको सर्वत्र विरोध : उद्योग बाणिज्य संघद्वारा आन्दोलन घोषणा

करदाता सेवा कार्यालय सार्ने निर्णयको सर्वत्र विरोध : उद्योग बाणिज्य संघद्वारा आन्दोलन घोषणा
न्यूज टुडे
राजविराज, २२ कार्तिक ।
सप्तरी उधोग बाणिज्य संघले  करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध चरणबद्व आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघका अध्यक्ष लालू प्रसाद अग्रवालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै  चरणबद्व विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । 
प्रेस विज्ञप्तिमा  राजविराज स्थित रहेको  करदाता सेवा कार्यालय खारेज गर्ने सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको  बताइएको छ । करदाता कार्यालय यथावत राख्न प्रेस विज्ञप्तिमा जोडदार माग गरिएको छ । 
कार्तिक २२ गते देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम अनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाउने सम्म रहेको छ । 
विरोधका कार्यक्रम अनुसार कार्तिक २२ देखि २७ गतेसम्म विहान ९ बजे देखि बेलुका ४ बजेसम्म गजेन्द्र चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, दिउँसो २ बजेदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने र कार्तिक २७ गते बेलुका ४ बजेदेखि गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउने रहेका छन्। 
आन्दोलनलाई व्यवाथित गर्न सुरेन्द्र यादवको संयोजकत्वमा ९ सदस्य संघर्ष समिति समेत गठन गरेको अध्यक्ष अग्रवालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ । 
गठित समितिका सदस्यहरुको वैद्यनाथ जोशी, सचिन्द्र दास, सन्तोष कुमार सिन्हा, सुरेन्द्र प्रसाद साह, भोगेन्द्र मिश्र, जीतेन्द्र प्रसाद गुप्ता, विजय देव निर्मल कुमार मुन्धाडा रहेका छन्। 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान। सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह हुनेछ । 
सप्तरी उधोग बाणिज्य संघले पत्रकार सम्मेलन गरी करदाता सेवा कार्यालय अन्यत्र सार्ने  प्रयास भए कडा प्रतिवाद गर्ने चेतवनी दिएका थिए ।