• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भारतको विधान सभा आम निर्वाचन : नेपाल-भारत सिमा नाका बन्द

भारतको विधान सभा आम निर्वाचन : नेपाल-भारत सिमा नाका बन्द
न्यूज टुडे
राजविराज,२२ कार्तिक । 
भारतमा कार्तिक २५ गते हुन गइरहेको  विधान सभा आम निर्वाचनलाई लक्षित गरि नेपाल – भारत सिमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्तिक २३ गते रातको १२  बाजे देखि २५ गते रातको १२ बजे सम्म सिमा नाका बन्द हुने जानकारी गराएको हो । 
मिति २०८२/०७/२५ गते छिमेकी देश भारतको विभिन्न जिल्लामा सम्पन्न हुन गइरहेको विधान सभा आम निर्वाचनलाई मध्य नजर गर्दै सिमा नाकामा ७२ घण्टाका लागि आवतजावतमा रोक लगाइएको प्रजिअ टुवराज पोखरेलद्वारा जारी सूचनामा उल्लेख छ । 
जिल्लासंग भारतको विहार राज्यको मधुवनी र सुपौल जिल्लामा सीमा जोडिएका मुख्य नाका सहित अन्य सिमा हुदै आवतजावत गर्न नपाउने गरि आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सुचनामा भनिएको छ । 
भारतको विधान सभा आम निर्वाचनको मतदान कार्तिक २५ गते हुदैछ ।