• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा करदाता सेवा कार्यालय सार्ने निर्णय विरुद्व प्रदर्शन 

सप्तरीमा करदाता सेवा कार्यालय सार्ने निर्णय विरुद्व प्रदर्शन 
न्यूज  टुडे
राजविराज, २१ कार्तिक ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरीमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ ।  राजविराजमा रहेको सेवा कार्यालय अन्यत्र सार्नु नहुने माग राखी सप्तरी सदरमुकाम राजविराज, भारदह लगायतका मुख्यबजारहरुमा विहानै देखि स्थानीय व्यापारी व्यवसायीले विरोध प्रदर्शन गरेको हो । 
स्वस्फूर्त आफ्ना व्यापार व्यवसायी बन्द गरी सडकमा उत्रीएका उनीहरूले करदाता सेवा कार्यालय  राजविराजलाई अन्यत्र  सार्ने  निर्णय फिर्ता गर्न माग गरे । उनीहरूले सडकमा टायर बालेर विहानदेखि विरोध प्रदर्शन गरिरहेका छन्। 
व्यापारी व्यवसायीहरुले दोकान तथा पसलहरु बन्द गराउँदै हिँडेपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।  आन्दोलन उग्र बन्दै गएपछि सडकमा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो  बनाइएको छ ।  उनीहरूले प्रधानमन्त्री शुशिला कार्की विरुद्ध चर्को नाराबाजी गर्दै मन्त्री परिषदको निर्णय फिर्ता लिन जोडदार माग गरे ।
आफ्नै भवनमा २०७५ सालमा स्थापित करदाता कार्यालय राजविराजमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व ४० लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । कार्यालयमा दरबन्दी अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकारको मन्त्री परिषदले देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गर्ने निर्णय गरेका छन् । 
यस अघि राजविराजमा बिहीबार युवा, विधार्थी, उद्योगी व्यवसायीहरुले सरकार विरद्ध चर्को नारा लगाउँदै  बृहत प्रदर्शन गरेका थिए ।