• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निराधार अडियो सार्वजनिक गरेर मेरो चरित्र हात्या गरियो : डा . साह

निराधार अडियो सार्वजनिक गरेर मेरो चरित्र हात्या गरियो : डा . साह
न्यूज टुडे
राजविराज,२१ कार्तिक। 
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले पब्लिक खवर २४ मा निराधार अडियो सार्वजनिक गरेर चरित्र हात्या गरेको भन्दै आपत्ति जनाएको छ । राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अजय आदित्यले संचालन गरेको उक्त मीडियामा सार्वजनिक अडियोप्रति गम्भीर ध्यनाकर्षण भएको बताएका हुन्।
पत्रकार सम्मेलनमा वोल्दै डा. साहले पब्लिक खबर २४ फेसबुक पेज सामाजिक संजालमा सार्वजनिक भएको अडियो आफ्नो नभएको दावी गरे । 
‘गत बुधरवार राति १० बजेतिर पब्लिक खबर २४ नामको फेसबुक पेजमा  म सँग जोडेर आएको सामग्रीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ‘ डा. साहले भने,’यो  कपोकल्पीत र नियोजित चरित्र हत्या गर्ने मनसायले  गरिएको भ्रामक प्रसारित सामाग्री हो। आधारहीन अडियो सार्वजनिक गर्ने मीडिया संचालक र मीडियालाई कारबाही गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछु ।’
प्रसारित सामाग्रीमा आफ्नो कुरा राख्ने सम्म मौका नदिएको प्रति दुःख व्यक्त गर्दै उनले तथ्यहीन सामाग्रीले आफ्नो प्रतिष्ठामाथि ठूलो आघात पुगेको भन्दै आपत्ति व्यक्त गरे । अडियोमा भएको सम्वाद आफ्नो नभएको जिकिर गर्दै उनले अहिलेको नयाँ प्रविधिको प्रयोग गरी आफ्नो बदनाम गरेको आरोप लगाए। 
आफूमाथि ठूलो अन्याय  भएको बताउँदै डा. साहले न्यायको लागि प्रहरीमा मुद्दा दर्ता गरी कानूनी कारबाही अगाडि बढाउने बताए। चरित्र हत्या गर्ने उदेश्य राखी भ्रामक प्रचार गरिएको भन्दै उनले  यसको लागि पत्रकार सहित सबै पक्षलाई सहयोग गरिदिन आग्रह समेत गरे । 
गत कार्तिक १९ गते राती डा.  साहसंग जोडेर अश्लील अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।