• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

करदाता सेवा कार्यालय अन्तारिक राजस्वमा गाभ्ने निर्णय स्वीकार्य छैन : अग्रावाल 

करदाता सेवा कार्यालय अन्तारिक राजस्वमा गाभ्ने निर्णय स्वीकार्य छैन : अग्रावाल 
न्यूज टुडे
राजविराज, २० कार्तिक ।
सप्तरी उधोग बाणिज्य संघ राजविराजका अध्यक्ष लालबाबू अग्रवालले  करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय स्वीकार्य नहुने बताएका छन् । संघको कार्यालय राजविराजमा विहिबार पत्रकार सम्मेलन गर्दै उनले  यस्तो बताएका हुन् । 
उनले  करदाता सेवा कार्यालय  राजविराजलाई अन्यत्र  सार्ने  निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । 
राजविराज स्थित रहेको सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय लहानमा मर्ज  गर्ने विभिन्न संचारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै अग्रवालले  राजविराजबाट कार्यालय सरुवा गर्ने सरकारको कदम विरुद्ध  कलम मार्फत खबरदारी गरिदिन आग्रह गरे। 
उनले प्रधानमन्त्री, अर्थमन्त्री र आन्तरिक राजस्व कार्यालय विभागलाई  करदाता सेवा कार्यालय यथावत राख्न माग राखी जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत ज्ञापनपत्र  बुझाएको बताए । उनले शान्तिपूर्ण रुपले माग सम्बोधन नभए चरणबद्व संघर्षमा जाने  बताए । 
 उधोग बाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य अरुण कुमार प्रधानले राजविराजबाट कार्यालय सार्ने मन्त्री परिषदले गरेको निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरे ।
उनले राजविराज स्थित आफ्नै भवनमा संचालनमा रहेको सेवा कार्यालय सार्ने षड्यन्त्र भए आन्दोलनमा जानुपर्नेमा जोड दिए  ।  ७० हजार भन्दा बढी सेवाग्राही आवद्ध भई लक्ष्य भन्दा बढी राजस्व संकलन हुँदै गरेको   करदाता सेवा कार्यालय सार्ने  कार्य स्वीकार्य नहुने भन्दै उनले  कानूनी लडाईसंगै  सडक संघर्षमा उत्रिने चेतावनी दिए । उनले राजविराज बाहेकका सबै करदाता सेवा कार्यालय अधिकाँश भाडामा संचालित रहेकाले खर्च घटाउने उदेश्य राखेर गरेको निर्णयलाई राजविराजमा संचालनमा राखे सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  
२०७५ सालमा स्थापित राकरदाता कार्यालय जविराजमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व ४० लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । कार्यालयमा दरबन्दी अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह हुनेछ । 
पत्रकार सम्मेलनमा सप्तरी उधोग बाणिज्य संघका पदाधिकारी, उधोग व्यवसायीहरुको  समेत उपस्थिति रहेको थियोे ।