• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

करदाता सेवा कार्यालय अन्तारिक राजस्वमा गाभ्ने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

करदाता सेवा कार्यालय अन्तारिक राजस्वमा गाभ्ने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
शिवनारायण साह ( सुरज) 
राजविराज, १९ कार्तिक ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उधोग बाणिज्य संघ सप्तरीले आन्दोलनमा जाने निर्णय गरेको छ ।  संघको कार्यालय राजविराजमा बुधबार बसेको कार्यसमितिको बैठकले मन्त्री परिषदको निर्णय विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।
बैठकमा सहभागी संघका सदस्यसहित व्यापारी व्यवसायी । फोटो : न्यूज टुडे
राजविराज स्थित रहेको सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय लहानमा मार्ज  गर्ने विभिन्न संचारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सप्तरी उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले बताए । 
उनले बिहिवार प्रधानमन्त्री, अर्थमन्त्री र आन्तरिक राजस्व कार्यालय लहानलाई राजविराजमा रहेको  करदाता सेवा कार्यालय यथावत राख्न माग राखी जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत ज्ञापनपत्र बुझाउने र उक्त जानकारी उधोग बाणिज्य महासंघ  नेपाललाई गराउने  तथा पत्रकार सम्मेलन गरि थप  चरणबद्व संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए । 
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री उमेश कुमार यादवले मन्त्री परिषदको निर्णय बर्तमान व्यवस्था विपरीत भएको टिप्पणी गरे  ।  तल्लो तहसम्म सरकारी सेवा पुर्‍याउने संघीयताको सिद्धान्त विपरीत सरकारले करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय जनविरोधी रहेको बताउँदै उनले मन्त्री परिषदले गरेको निर्णय अविलम्ब फिर्ता लिनु पर्ने सुझाव दिए । 
उनले राजविराज स्थित आफ्नै भवनमा संचालनमा रहेको सेवा कार्यालय सार्ने षड्यन्त्र भए आन्दोलनमा जानुपर्नेमा जोड दिए  ।  ७० हजार भन्दा बढी सेवाग्राही आवद्ध भई लक्ष्य भन्दा बढी राजस्व संकलन हुँदै गरेको   करदाता सेवा कार्यालय सार्ने  कार्य स्वीकार्य नहुने भन्दै उनले  कडा संघर्षमा उत्रिने चेतावनी दिए । राजविराज बाहेकका सबै करदाता सेवा कार्यालय अधिकाँश भाडामा संचालित रहेकाले खर्च घटाउने उदेश्य राखेर गरेको निर्णयलाई राजविराजमा संचालनमा राखे सहयोग पुग्ने उनले बताए ।  
करदाता सेवा कार्यालय राजविराजका प्रमुख संजीव कुमार मण्डलले कार्यालय सार्ने मर्ज गर्ने बारे आधिकारिक जानकारी नआएको बताए । 
“यस बारे कुनै आधिकारिक पत्र आएको छैन” उनले भने, दिइरहेको सेवा सुविधा कटौती गर्न मिल्दैन, मैले पनि विभिन्न संचार माध्यमबाट थाहा पाएको छु । ” 
उनले सबै सुविधा भएको करदाता कार्यालय सर्नेमा आफुले विश्वास नगरेको बताए । 
२०७५ सालमा स्थापित राकरदाता कार्यालय जविराजमा करदाता संख्या ७० हजार रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व ४० लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । कार्यालयमा दरबन्दी अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गर्ने निर्णय भएको थियो ।