थ्री जिरो युवा क्लब अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ इकराहाद्वारा संचालित प्रथम पच शिल्ड फुटबल प्रतियोगिताको उपाधि कंकालिनी युवा क्लव सीतापुरले हात पारेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित इटहर्वा खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा राजाजी युवा क्लव मोहनपुर सप्तरीलाई ०-२ गोलले पराजित गर्दै सितापुरले उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेलमा सहभागी विजेता तथा उपविजेता टिमका खेलडीहरु । फोटो: न्यूज टुडे
प्रतियोगिता अन्तर्गत पहिलो हापको २७ औं मिनेटमा कंकालिनी युवा क्लब सितापुरका जर्सी नम्बर १० का अमन चौधरीले १ गोल गर्दै टिमलाई अगाडि बढाए।
दुबै टीम वीच कडा प्रतिस्पर्धा भएको दोश्रो हापको १५ औ मिनेटमा सितापुरका जर्सी नम्बर १० कै अमन चौधरीले १ गोल थालेपछी सितापुर ०-२ गोलान्तरले विजयी भएको प्रमुख रेफ्री अजय चौधरीले जानकारी दिए ।
जितसंगै विजेता तथा उपविजेता टिमलाई क्रमशः २५ हजार १ सय ५५ र १५ हजार १ सय ५५ नगद पुरस्कारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टिमका जर्सी नम्बर ११ का पुष्पराज चौधारी, सर्वाधिक गोल कर्ता जर्सी नम्बर १० का अमन चौधरी घोषित भए भने वेष्ट डिफेन्स उपविजेता टिमका जर्सी नम्बर ५ का निरज चौधरी र म्यान अफ द म्याच जर्सी नम्बर ११ का कारण सरदार घोषित भए । उनीहरूलाई नगद पुरस्कारसहित ट्रफीद्वारा सम्मान गरिएको थियो । फाइनल खेलमा पहिलो गोल प्रहार गर्ने कंकालिनीका जर्सी नम्बर १० का अमन चौधरीलाई शिक्षक प्रमोद चौधरी रू १ हजार नगद पुरस्कार प्रदान गरे ।
थ्री जिरो युवा क्लब इकराहाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा.जयकान्त राउत, प्रदेश सभा सदस्य सकील अलि, वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, आयोजक समिति अध्यक्ष चौधरी लगायतकाले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण गर्दै प्रमुख अतिथि डा. राउतले खेलले सामाजिक सद्भाव तथा आपसी एकता बढाउने विश्वास व्यक्त गरे। खेल र खेलाडीले देशलाई अन्तरास्ट्रिय स्तरमा समेत चिनाउन मदत पुग्ने विश्वास व्यक्त गर्दै उनले राज्यले खेल क्षेत्रको समग्र विकासमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले खेलाडी र खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतियोगिता समापन समारोहमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी,उपाध्यक्ष कल्पना कुमारी चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, जिल्ला फुटबल संघका प्रतिनिधि एबम् फुटबल प्रशिक्षक सिताराम चौधरी, महेश प्रसाद चौधरी, जनमत पार्टी गाउँपालिका अध्यक्ष दुर्गानन्द यादव, जसपा नेपालका नेता अशोक चौधरी, केशव कुमार चौधरी लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन राप्रवि इटहर्वाका प्रधानाध्यापक सुवास कुमार चौधरीले गरेका थिए ।
प्रतियोगितामा मुसहर्निया फुटबल क्लव, कंकालिनी युवा क्लव सितापुर,श्री दिनाराम भद्री युवा क्लव गिदाहा, थ्री जिरो युवा फुटबल क्लव इकराहा,राजाजी युवा क्लव मोहनपुर सप्तरी, भुवनदास फुटबल क्लव भुवनपट्टी जन्डोल फुटबल क्लव जन्डोल र शम्भुनाथ फुटबल क्लव शम्भुनाथ गरी ८ वटा टिम सहभागी रहेका थिए ।