• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका शिक्षक, कर्मचारी आन्दोलित : कार्तिक १८ गतेदेखि सम्पुर्ण सेवा ठप्प पार्ने चेतवनी 

अग्नीसाइरका शिक्षक, कर्मचारी आन्दोलित : कार्तिक १८ गतेदेखि सम्पुर्ण सेवा ठप्प पार्ने चेतवनी 
रामनाथ चौधारी
महुली,१७ कार्तिक। 
तलवभत्ता माग गर्दै आन्दोलनरत अग्नीसाइर कृष्णसारन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मेहरुले कार्तिक १८ गतेदेखि अतिआवश्यक बाहेकका सम्पूर्ण कार्यालयहरु अनिश्चतकालीन बन्द गर्ने चेतवनी दिएको छ। आन्दोलन परिचालन समितिद्वारा सोमवार प्रशासकीय अधिकृत रमेश कुमार चौधारीलाई ज्ञापनपत्र बुझाउँदै उनाले यस्तो चेतवनी दिएको हो । 
संघर्ष समितिका संयोजक दुखन यादवको नेतृत्वमा पुगेका शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले प्रमुख प्रशासकीय अधिकृत चौधारीलाई ज्ञापनपत्र बुझाउँदै अविलम्व तलवभत्ता उपलब्ध गराउन माग गरेको छ । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले तलवभत्ता उपलब्ध गराउने भनि प्रतिबद्धता जनाएपनि धोका दिएकोले कार्तिक १८ गतेदेखि गाउँपालिकासहित मातहत सम्पूर्ण कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधा अनिश्चितकालिन बन्द गरी  गाउँपालिका कार्यालय अगाडि हस्ताक्षर संकलन गरी धर्ना बस्ने ज्ञापनपत्रमा चेतावानी दिइएको छ। 
यसअघि असोज ९ गते गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयमा गरिएको ताला गाउँपालिका अध्यक्ष चौधारीले कार्तिक १५ भित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्तिक ०२ गते ताला खोलिएको भएपनि अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउँदा तलवभत्ता पाउने सुनिश्चितता नभएको ज्ञापनपत्रमा उल्लेख छ । 
ज्ञापनपत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञन तथा प्रविधि मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय सप्तरी, गापा अध्यक्ष, गापा उपाध्यक्ष, जिल्ला सामान्य समिति, नेपाल पत्रकार महासंघ सप्तरी, शिक्षक महासंघका सम्पूर्ण घाटकहरु, स्वास्थय कार्यालय सप्तरी र सम्पूर्ण वडा कार्यालयहरुलाई बोधार्थ दिएको ज्ञापनपत्रमा माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइएको छ ।