महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि झुम्का फुटबल क्लव झुम्का सुनसरीले कब्जा गरेको छ । जनचेतना माविको खेल मैदानमा आईतवार सम्पन्न फाइनल खेलमा प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरीलाई ट्राईबेकरमा पराजित गर्दै झुम्का सुनसरीले उपाधि हात पारेको हो ।
मैत्रीपुर्ण खेलमा सहभागी सिरहा र उदयपुरका महिला खेलाडी। फोटो: न्यूज टुडे
निर्धारित ६० औ मिनेटको खेल अवधिमा झुम्का सुनसरीले खेलको पहिलो हापको नबौ मिनेटमा जर्सी नम्बर १२ का अनिश आरडीले गोलमा परिणत गर्दै टिमलाई अगाडी बढाए । पहिलो हापको २५ औं मिनेटमा सप्तरीका जर्सी नम्बर १० का करण चौधरी १ गोल गरेर टिमलाई बराबरीमा पुर्याए ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको दोश्रो हापमा दुबै टिमले गोल गर्न नसकेपछि प्लान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो ।
फाइनल खेलमा सहभागी विजेता तथा उपविजेता टिमका खेलडी। फोटो: न्यूज टुडे
प्लान्टी मार्फतमा सप्तरीका खेलाडीले प्रहार गरेको पहिलो बल पोष्ट भन्दा बाहिर गएको र २ वटा गोलकिपरले रोकेपछि झुम्का सुनसरी ३-६ गोलले विजयी भएको प्रमुख रेफ्री मोहन चौधरीले बताए।
शनिबारको खेलमा ओद्राहा सप्तरीका जर्सी नम्बर १४ का शिशिर लेखी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद १ हजारसहित च्याम्पियन शिल्डबाट सम्मान गरिएको थियो ।
यसअघि १ बजेदेखि धनगढीमाई सिरहा र मलिथम फुटबल क्लब उदयपुर वीच महिला फुटबल खेलाडीहरु वीच मैत्रीपुर्ण खेल भएको थियो । मैत्री पूर्ण खेलमा खेलको निर्धारित समयमा दुबै टिमबाट गोल गर्न नसकेपछि बराबरीमा टुङ्गिएको थियो । उक्त खेल पनि प्लान्टी मार्फत छिनोफानो गरिएको थियो । प्लान्टीमा उदयपुरलाई हराउँदै धनगढीमाई सिरहाले जित हासिल गरेका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरीका अध्यक्ष दिलिप कुमार चौधारीको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि जिल्ला फुटबल संघका अध्यक्ष राज कुमार परियार र विशिष्ट अतिथि अग्नीसाइर कृष्णासवारन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधारी, वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको ओद्राहाका युगेन कार्की हाई स्कोरर, शिशिर लेखी उत्कृष्ट खेलाडी ,झुम्काका सन्दिप ओझा वेष्ट गोलकिपर घोषित भए ।
उनीहरूलाई नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम संचालन चर्चित उद्घोषक प्रवीण कुमार चौधरीले गरेका थिए ।
२०३८ सालदेखि निरन्तर जारी प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेका थिए ।