जण्डौल फुटबल क्लवद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डौलमा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि ‘युनिटी एफसी विरेन्द्र बजार’ ले हात पारेको छ । मावि जण्डौल खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा गैडसिह बाबा एफसी जगमोहनलाई ०-५ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजारले उपाधिमाथि कब्जा जमाएको हो ।
पुरस्कार ग्रहण गर्दै उपविजेता टिमका कप्तान। फोटो: न्यूज टुडे
निर्धारित ७० औं मिनेटको खेलमा पहिलो हापको १५ औं मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर १४ का फुर्व तामाङले १ गोल गरी टिमलाई अगाडि बढाए। खेलको २८ औं मिनेटमा पुनः फुर्वले गोल थप्दै २ गोलले टिमलाई अग्रस्थानमा कायम राखे।
यसैगरी दोस्रो हापको १२ औं मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर १४ का फुर्वा तामाङले १ गोल गरे भने १७ औं मिनेट फुर्वले गोल गर्दै टिमलाई ०-४ गोलको अग्रता कायमै राखेका थिए । खेलको २९ औं मिनेटमा विरेन्द्र बजारका रुविन तामाङले १ गोल थपेपछी विरेन्द्र बजार ०-५ गोलले जीत हाँसिल गरे ।
जितसंगै विरेन्द्र बजारले नगद २० हजार सहित शिल्ड मेडल प्राप्त गरे भने उपविजेता गैड सिँह बाबा फुटबल क्लव जगमोहनले नगद ११ हजारसहित ट्रफी, मेडल प्राप्त गरे ।
स्थानीय समाजसेवी रामनारायण चौधरी ( गुणानन्द ) को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एनसी नारायण चौधरी, विशिष्ट अतिथि चन्दन कुमार मेहताले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा विजेता टिमका बेष्ट डिफेन्स प्रजोल तामाङ,बेस्ट गोलकिपर प्रदिप मगर, हाइ स्कोरर फुर्व तामाङ र उपविजेता टिमका करण सरदार बेष्ट प्लेयर घोषित घोषित भए । उनीहरुलाई पत्रकार बृजमान तामाङ,उमाकान्त चौधरी, सुरेश चौधरी राजराम राय लगायतकाले पुरस्कार वितरण गरे ।