न्यूज टुडे
राजविराज, १६ कात्तिक ।
सप्तरीमा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बोदेबर्साईन नगरपालिका वडा –२ बैरियाकी २८ वर्षीय मालतीदेवी साहको मृत्यु भएको हो ।
लुगा सुकाउने क्रममा फलामको तारमा करेन्ट प्रवाह भई घाइते भएकी साहको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै अन्य दुई जना पनि करेन्ट लागेर घाइते भएका छन्।
करेन्ट लागेर गम्भीर घाइते साहलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएकी सोही स्थानककी ५० वर्षीया सीतादेवी साह र छिमेकी ६० वर्षीया रामपृत साहको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्वर वहादुर पुरीले बताए।
प्रहरी नायब उपरीक्षक पुरीका अनुसार घाइते हुने मालतीको सासू र छिमेकी हुन् । मालतीलाई बचाउने क्रममा उनीहरू दुवैजनालाई करेन्ट लागेर घाइते भएका थिए ।
घाइते दुवैजनाको स्वास्थ्य अबस्था सामान्य रहेको तथा घटना बारे थप अनुसन्धन भइरहेको डिएसपी पूरीले जानकारी दिए ।