• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीन दिनकाे निरन्तर वर्षाले पाकेको धानवालीमा ठूलो क्षति 

तीन दिनकाे निरन्तर वर्षाले पाकेको धानवालीमा ठूलो क्षति 
रामनाथ यादव
राजविराज , १५ कार्तिक 
सप्तरीमा तीन दिनदेखिको निरन्तर वर्षाले पाकेकाे धानवालीमा ठूलो क्षति भएको छ ।  भित्र्याउन तयारी अबस्थामा रहेको धानबाली बेमौसमी बर्षाले क्षति पुगेको हो । 
तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित भगवानपुरका गुलाव रामकाे दश कठ्ठा पाकेको धान काटेर खेतमा रहेकाे अवस्थामा वर्षाकाे वाढीले डुवेपछि  ठूलाे क्षति भएको छ । वर्षाकाे पानीले लाखौं क्षति  भएको  रामले दुखेसो पोखे ।
वर्षाकाे पानीले  काटेर राखेको धान खेतमै डुवेर वर्वाद भएकाे स्थानीय पिडीत नित्यानन्द सिंहले दुखेसो सुनाए ।
धान पानीले भिजे पछि मेहनत र लगानी दुबै  खेर गएको किसान राजकुमार यादवले बताए ।
विहिवार सामान्य वर्षा भए , तर  शुक्रबार राति देखि शनिबार सम्म निरन्तर वर्षा भएकाे हुँदा धानबाली धेरै क्षति पुगेकाे प्रसाद साफीले बताए  ।निरन्तर वर्षाकाे कारण पाकेकाे धानवाली नष्ट हुँदा ठुलो मारमा परेको स्थानीय किसान राजेन्द्र यादवले बताए ।वर्षा नरोकिए किसानहरुले थप क्षति ब्यहोर्नु पर्ने उनले बताए। विषेशगरी छिटो पाक्ने कतरनी,साइठी , कान्छी लगायत जातका धानलाई वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिए । 
त्यस्तै वासमती, चनन्चुर धान नपाके पनि बोट ढलेर डुवेकाे छ । काट्न तयार रहेको धान वर्षा र वाढीकाे पानी खेतमा पस्दा ठुलो नोक्सान भएको तिलाठी काेइलाडी ६ का जलेश्वर यादवले बताए । वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेर नष्ट भएको उनले बताए।
 धान भित्रयाउने समयमा पानीले क्षति पुर्‍याएको स्थानीय  किसान देवेन्द्र यादवले बताए ।
‘खेतैभरि पानी भरिएको छ, एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदियो’,उनले भने, अब वर्षभरी के खाने ?  कसरी जीवन चलाउनु’ ठुलो समस्यामा पर्‍यौं ।’
वर्षाले खेतवारी , करेसावारीमा लगाएकाे तरकारी वालीहरु समेत नष्ट भएकाे स्थानीय महावीर यादवले बताए ।