• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड

हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड
न्यूज टुडे
राजविराज, १४ कार्तिक । 
हलुवाई समाजका केन्द्रीय संस्थापक अध्यक्ष शिवनारायण साह (सुरज) ले हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड दिएका छन् । सिरहाको गोलबजारमा शुक्रबार हलुवाई समाज नेपाल नगर समितिको प्रथम अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड दिएका हुन् । 
अधिबेशन उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथि राष्ट्रिय संस्थापक अध्यक्ष साहसहित अतिथिगण । फोटो : न्यूज टुडे
हलुवाई समाज नेपाल नगर समिति गोलबजारका अध्यक्ष महेन्द्र साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष साहले हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत नगर्नु हलुवाई समाजमाथिको ठूलो अन्याय भएको बताए ।  उनले छुट्टै भाषा, भेषभुषा, रहनसहन तथा संस्कृति र पहिचान बोकेको र परापूर्वकालदेखि बसोबास गर्दै आएको हलुवाई जाति नेपालको आदिवासी जनजाति भएको दावी गरे । 
उनले हलुवाई जातिको हकहित, पहिचान र अधिकार सुनिश्चितताको लागि सम्पुर्ण हलुवाई जातिलाई संगठित हुन आग्रह गरे ।  अध्यक्ष साहले हलुवाई जातिले देशको अर्थतन्त्रलाई मजबुत बनाउन ठुलो सहयोग पुर्‍याए पनि योगदानको आधारमा राज्यले समान  प्रतिनिधित्व  अवसर तथा अधिकारबाट सधै भेदभाव गरेको आरोप लगाए । 
अधिबेशन उद्घाटन समारोहमा सहभागीहरु । फोन :न्यूज टुडे
विभेदकारी नीतिका कारण हलुवाई जाति पछाडि परेको बताउँदै उनले हलुवाई जातिको शीप र पेशालाई संरक्षण सम्बर्द्धनका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । हलुवाई जातिलाई आर्थिक तथा सामाजिक रुपले उकास्न शिक्षा प्रमुख आधार भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि साहले आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाउन आग्रह गरे । 
सभापतिको आषणबाट बोल्दै नगर अध्यक्ष साहले जेनजी हलुवाई समाज नेपाल गठन गर्नुपर्नेमा जोड दिए । उनले गोलबजार नगरपालिकामा जेनजी हलुवाई समाज गठन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
कार्यक्रममा  हलुवाई समाज नेपालका मधेस प्रदेशका अध्यक्ष रामशंकर साह,काठमाडौ संयोजक जीवछ साह, सिरहा जिल्ला अध्यक्ष भरत साह, सचिब सुरेन्द्र साह, सिरहा नगर अध्यक्ष शम्भु साह, विधुत इन्जिनियर अरविन्द साह,शिक्षक जीवछ साह, नेपाल बार एशोसिएसनका अध्यक्ष अधिबक्ता रमानन्द साह,  शिक्षक राजेन्द्र साह लगायतकाले मन्तव्य व्यक्त गर्दै अधिकार प्राप्तिका लागि यूवाहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
 नथुनी साहद्वारा संचालित कार्यक्रममा स्वागत शिक्षिका भवानी साहले गरिन । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले हलुवाई जातिको पहिचान झल्कने गीत तथा  नृत्य  समेत प्रस्तुत गरेका थिए । 
अधिबेशनबाट भावी  नीति तथा कार्यक्रम  र नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।  नयाँ नेतृत्व चयनका लागि बन्दसत्र चलिरहेको अध्यक्ष साहले  बताए ।