• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोप लगाउदै अपहरणको प्रयास

वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोप लगाउदै अपहरणको प्रयास
न्यूज टुडे
राजविराज,१४ कार्तिक । 
सप्तरीको राजविराज नगरपालिका–११ झलहीमा बिहीवार राती वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोप लगाउदै  एक जनालाई अपहरणको प्रयास गरिएको छ । स्थानीय दिलीप यादवलाई अपरिचित समूहले राति करिब ११ बजे अपहरण गर्ने प्रयास गरेको हो।
यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा दुईवटा स्कारपियो गाडीमा आएका व्यक्तिहरूले उनलाई जबरजस्ती अपहरण गर्न खोजेको स्थानीयले बताए । 
कुटपिट गर्दै उनलाई गाडीमा हाल्ने प्रयास भएपछि  स्थानीयवासीले प्रतिकार गरेपछि ती अपरिचित व्यक्ति गाडी सहित फरार भएको पीडित परिवारले बताए ।
विदेश रोजगारका नाममा रकम ठगी गरेको आरोप लगाउँदै ती व्यक्तिहरूले जबरजस्ती काकालाई  नियन्त्रणमा लिन खोजेको भतिज शिव प्रकाश यादवले बताए । 
घटनापछि  मे १ च ४१७७ र प्रदेश १–०२–००२ च ७६०७ को दुबै स्कारपियो गाडी र तिनका चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । 
यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझ्ने प्रयास गर्दा घटनाको अनुसन्धान भइरहेको जानकारी दिदै अपहरणकारी समुहको तत्काल नाम खुलाउन चाहेनन् ।