• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बर्षाले जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता स्थगित 

बर्षाले जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता स्थगित 
रामनाथ चौधरी 
महुली, १४ कार्तिक । 
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्धारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित  जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको दोश्रो सेमफाइनलमा खेल स्थगित भएको छ । आयोजक महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्धार सूचना जारी गर्दै शुक्रबार हुने दोश्रो सेमिफइनल खेल स्थगित गरेको जनाएको हो । 
प्रतियोगिता अन्तर्गत शुक्रबारको दोश्रो सेमिफइनल खेल प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी र विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग वीच हुने तय भएको थियो । 
‘अविरल वर्षाका कारण प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी र विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग वीच हुने कार्तिक १४ गतेको खेल स्थगित गरिएको छ’ सूचनामा भनिएको छ, ‘उक्त खेल  कार्तिक १५ गते (शनिबार)  निर्धारित समायमा हुने जानकारी गराउन चाहन्छौं।’
विहीबार संम्पन्न पहिलो सेमिफइनल खेलमा अल्टोकी रौतहटलाई ०-१ गोलान्तरले  हराउँदै झुम्का फुटबल क्लब झुम्का सुनसरी फाइनल प्रवेश गरिसकेको आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले  बताए । प्रतियोगिता अन्तर्गत फाइनल खेल कार्तिक १६ गते आइतवार हुने अध्यक्ष चौधारीले जानकारी दिए । 
खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट गरिएको उनले जानकारी दिए ।
२०३८ साल देखि निरन्तर जारी प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः  ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने  अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए। 
पूर्वी नेपालकै एक चर्चित तथा ख्याति प्राप्त प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।