• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीद्वारा विभिन्न मुद्दाका  तीन फरार प्रतिवादी पक्राउ

प्रहरीद्वारा विभिन्न मुद्दाका  तीन फरार प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज, १३ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका तीनजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । 
पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका १० बदगामा बस्ने  बर्ष ३५ को मनोज पासवान,वडा नम्बर ३ का २३ बर्षिय विजय खड्का रहेका छन् । 
पासवान शरीर अंगभंग मुद्दामा पुर्पक्षमा रही २ बर्ष कैद भुक्तान गरि नख्खु कारागार काठमाडौबाट भागेका प्रतिवादी हुन भने खड्का लागूऔषध मुद्दामा ५ बर्ष ६ महिना कैद तोकेकोमा ९ महिना भुक्तान गरि झुम्का कारागार सुनसरीबाट फरार प्रतिवादी हुन् । 
उनीहरू जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई कैद भुक्तानका लागि राजविराज कारागारको जिम्मा लगाइएको प्रहरीले बताएका छन् । 
यसैगरी बैकिङ्ग कसुर मुद्दाका  प्रतिवादी राजविराज नगरपालिका १४ का ५६ बर्षिय राम कुमार मण्डल  समेत पक्राउ परेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनको सिलसिलामा खोजतलासको क्रममा पक्राउ परेको मण्डललाई मोरङ प्रहरीको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।